‘कि देशमै रोजगारी देउ, नत्र परिवार भेटेर पुनः विदेश आउन पाउँ’

कुवेत, साउन २४-

घरेलु कामदारका रुपमा कुवेतमा कार्यरत नेपालीहरुले आफूहरुलाई स्वदेश गएर पुनः फर्केर रोजगारीमा आउन पाउने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले कि त स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न नभए विदेश आएर गरिखाने बाटो बन्द नगरिदिन आग्रह गरे ।

जिफन्ट सहयोग समुहका तर्फबाट राजदूत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा घरेलु कामदारका रुपमा कार्यरतहरुले आफूहरु अन्यायमा परेको गुनासो गरे । दूतावासमा बुझाइएको ज्ञापन पत्रमा श्रम स्वीकृति लिई कुवेतमा बर्षौं देखि काम गरेका कामदारको विशेष प्रकृति हेरी नेपाली दूतावासले अध्ययन, अनुसन्धान गरेर श्रम स्वीकृति दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । यसका लागि दूतावासको सिफारिसमा बैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति दिने व्यवस्थाका लागि आग्रह गरिएको हो ।

कुवेतमा घरेलु काममा सवैलाई नराम्रो भएको छैन भन्दै जिफन्ट सहयोग समुहका अध्यक्ष गणेश बहादुर रावतले घरेलु कामदारका रुपमा कार्यरत मध्ये कतिपयले आफ्ना छोराछारीलाई डाक्टर ईञ्जिनियर बनाएको र कतिपयले पढाउँदै गरेको बताए । उनले घरेलु कामदारको अवस्थाका बारेमा दूतावासमा तीन महिनामा अनिवार्य रुपमा जानकारी लिने व्यवस्था गर्न सुझाव दिए ।

जिफन्ट सहयोग समुहका संयोजक झविन्द्र प्रसाद बञ्जाडेले रोजगारीको विकल्पहरु स्वदेशमा नभएको कारणले बाध्यात्मक रुपमा मुलुक छोड्न बाध्य भएकाहरुलाई सरकारले पुनः आउन नदिने भएपछि यतै रोकिन बाध्य भएको बताए । उनले घरेलु कामदारका रुपमा कार्यरत हजारौं नेपाली पुरुष र महिलाहरु घर जान नपाएको भन्दै उनीहरु परिवार भेट्न नपाएर पीडामा रहेको बताए ।

समुहका महासचिव गोविन्द प्रसाद तिमल्सिनाले नयाँ महिला वा पुरुषलाई घरेलु काममा पठाउन खुल्ला गर्न आफूहरुले नभनेको भन्दै जो बर्षौंदेखि र पटक पटक विदामा स्वदेश गई श्रम स्वीकृति लिएर आएकाहरु पुनः सोही काममा फर्किन पाउनु पर्ने बताए । सरकारले बन्देज लगाएका कारण अहिले जोखिमपूर्ण रुपमा गैरकानूनी बाटो भएर आइरहेको जिफन्टले जनाएको छ । त्यसरी आउनेलाई अझ धेरै शोषण हुने गरेको हुँदा अत्याचारी मालिकलाई कानूनको दायरामा ल्याउन कुवेत सरकारसँग कुटनीतिक पहल गर्न माग गरिएको छ । यसका लागि नेपाली दूतावासले उद्धार गर्न सक्ने वातावरण निर्माण गर्न जिफन्टले माग गरेको छ ।

ज्ञापनपत्रमा मध्यपूर्वका देशहरुसँग दुई पक्षिय श्रम सम्झौता तत्काल गर्न माग गर्दै गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था तत्काल लागु गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस् विदेशमा कमाएको बेलामा अझ धेरै बचत गर्न सकेको भए …….

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय