विदेशमा कमाएको बेलामा अझ धेरै बचत गर्न सकेको भए ……

कल्पना श्रेष्ठ-

म बैदेशिक रोजगारमा २००४ मा गएको थिएँ । त्यतिबेला बैदेशिक रोजगारमा जानुको कारण भविष्य नै सुनिश्चित बनाउँछु भन्ने त थियो तर मैले त्यहाँ(विदेश) गएर पैसा बचत गर्नुपर्छ भन्ने कुरा एकदमै ज्ञान थिएन । विदेशमा गइसकेपछि प्रत्येक महिना तलव आएपछि मलाई एउटा लुगा किन्नु पर्ने, आफ्नो शोखहरु पुरा गर्नुपर्ने बानी थियो । ममीहरुले चैं पैसा पठाउ, पैसा पठाउ भनेर दवाव दिनुहुन्थ्यो । मलाई लाग्थ्यो कि पैसा भनेको चैं खाएर लाएर रहेको मात्र सम्पत्ति हो भन्ने मेरो सोच थियो । ममीलाई पनि त्यसरी नै जवाफ दिएको थिएँ मैले ।

म प्रत्येक महिना पैसा त पठाउँथे तर ममीको दवावमा । त्यो ममीको डरले मात्र म पठाउँथे । त्यो सानो बचतले आज आएर मेरो भविष्य धेरै सुनिश्चित भएको छ । त्यतिबेला मेरो साढे दुईलाख बचत भएको थियो । मैले पठाएको त्यो साढे दुईलाखमा दीदिको तर्फबाट पनि रकम हालेर सगोलमा जग्गा किनिएको थियो । सन् २००६ मा हामीले त्यो जग्गा किनिसकेका थियौं । तीनचार बर्षमै त्यो धेरै बढ्यो । हामीले त्यो जग्गा बेच्यौं र दिदी र मेरो अलग अलग भाग लाग्यो । मेरो भागमा परेको पैसा पुनः ममीले जग्गामा नै लगानी गरिदिनुभयो ।

अहिले आएर मलाई त्यतिबेला अझ धेरै बचत गर्न सकेको भए कस्तो राम्रो हुने रहेछ भन्ने लाग्छ । त्यतिबेला मैले बचतका बारेमा बुझेको भए त्यो साढे दुई लाखको ठाउँमा मैले अझ धेरै बचत गर्न सक्थें र आज मेरो जीवनस्तर कहाँ पुग्थ्यो होला जस्तो लाग्छ ।

त्यहि दुई लाख ५० हजारको जग्गा बेचेर मैले आजभन्दा ८ बर्ष अगाडी नै २५ लाखको जग्गा किन्न सफल भएँ । अहिले त त्यसको मूल्य धेरै बढिसकेको छ । अहिले मेरो श्रीमान् हुनुहुन्न । दुर्घटनामा परेर उहाँको मृत्यु भयो । उहाँको मृत्यु पछि म एक्लै छु तर पनि म भविष्यका हिसावले चाहिं ढुक्क छु । मेरो केहि नभएपनि अन्तिममा मसँग बाँच्न पुग्ने आर्थिक व्यवस्था त भएको छ ।

अव जो तपाईहरु विदेश जाने योजनामा हुनुहुन्छ वा विदेशमा हुनुहुन्छ हामीले हामी किन विदेश जाँदैछौं अथवा विदेश आएका हौं भन्ने कुरामा ध्यान दिनुपर्दछ । हामी आफ्नो परिवार, नातागोता सवै त्यागेर त्यति टाढा पुग्छौं, तर बचतको कुरालाई महत्व दिंदैनौं । त्यहाँ हामी देखासिकी गर्छौं, अरुले मोवाईल किन्यो भनें किनिहाल्छौं । अरुलाई पनि उपहारका रुपमा धेरै कुरा दिने गर्छौं । हामीले दिएको बेलामा मात्र वाह वाह पाउँछौं, तर पछि आफूलाई कुनै दुःख परेमा उनीहरुबाट कुनै सहयोग पाइन्न । त्यसैले भविष्यलाई सोचेर हामीले बचत गर्नु पर्दछ । अहिले गरेको बचतले नै भविष्यलाई सुरक्षित बनाउँछ ।

(श्रेष्ठसँग गरिएको कुराकानी शनिवार विहान ९ः१५ देखि १० बजेसम्म प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारण गरिएको हो । प्रकाशित मितिः २०७५ साउन २३ गते)    

यो पनि पढ्नुहोस् अवैधानिकको संख्या बढ्दै जाँदा कोटा गुम्न सक्ने भन्दै दूतावासद्धारा सरकारलाई पत्राचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: