अवैधानिकको संख्या बढ्दै जाँदा कोटा गुम्न सक्ने भन्दै दूतावासद्धारा सरकारलाई पत्राचार

 

काठमाडौं, साउन २२-

दक्षिण कोरियामा अध्ययन भिषामा जाने नेपालीहरु विचैमा विश्वविद्यालय छोडेर भाग्ने क्रम बढेपछि यसले ईपिएस प्रणाली मार्फत आउने कामदारको कोटा घट्न सक्ने भन्दै सोलस्थीत नेपाली दूतावासले सरकारलाई पत्र लेखेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग वहादुर सिंहले गत असार २७ गते परराष्ट्र मन्त्रालयलाई यससम्वन्धि जानकारी गराउँदै समस्या समाधानका लागि आग्रह गरेको हो ।

दूतावासले पठाएको पत्रमा भनिएको छः कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि १२ देखि १५ लाख तिरेर आउने नेपाली विद्यार्थीले पर्याप्त रोजगारी नपाएपछि केहि सेमष्टरको अध्ययन पछि छोडेर भाग्ने गरेका छन् । यसले कोरियामा गैरकानूनी नेपालीहरुको संख्या निकट भविष्यमा नै अत्यधिक रुपमा बढ्न सक्ने देखिन्छ । यसले गर्दा ति नेपालीहरुका मानसिक तनाव र डिप्रेशनको समस्या बढ्ने साथै कोरियाली समाजमा रहेको नेपालीहरु प्रतिको राम्रो छविमा समेत असर पुग्ने देखिन्छ ।

पत्रमा भनिएको छः हाल कोरियामा करीव ३५ हजारको हाराहारीमा ईपिएस प्रणाली अन्तर्गत कामदारहरु कार्यरत रहेको अवस्था छ । नेपालले पाउने कोटा निर्धारणको कुल अंकमा गैरकानूनी बसोवासको संख्याले उल्लेखनिय रुपमा असर पार्ने भएकोले विद्यार्थीहरुको गैरकानूनी बसाईले भविष्यमा ईपिएस अन्तर्गत नेपालले पाउने कोटामा नकारात्मक असर पुर्याउन सक्ने प्रवल सम्भावना रहन्छ । दूतावासले कोरियामा गैरकानूनी बसाई दर घटाउँदै कामको कानूनी कोटा बृद्धि गर्ने पहल स्वरुप दूतावासले विगत २ बर्षदेखि नियमित रुपमा कोरियाका विभिन्न स्थानमा गई कार्यक्रमहरु गर्दै आएको समेत पत्रमा जनाएको छ ।

दूतावासको सो पत्र पश्चात परराष्ट्र मन्त्रालयले साउन १० गते शिक्षा मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यसबारेमा सजग गराएको छ । परराष्ट्रले पत्र लेख्दै कोरियाका विभिन्न विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीहरुको संख्यात्मक वृद्धि भइरहेको तर कोरियामा आँशिक रोजगारीको अभाव, महँगो समेष्टर तथा एजेन्सी शुल्क, भाषिक दक्षताको कमी र कतिपय विश्वविद्यालयहरुको स्तर र पूर्वाधार नाजुक रहेसँगै विद्यार्थीहरुले समस्या भोग्नु परेको र धेरैजसो विद्यार्थीले अध्ययन विचैमा छोडेर भाग्दा गैह्रकानूनी नेपालीहरुको संख्या वृद्धि भई यसले ईपिएस प्रणालीको कोटामा नकारात्मक प्रभाव पार्ने जनाएको छ । त्यसैले सो समस्या समाधानका लागि आवश्यक पहल गर्न परराष्ट्रले ति दुवै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ । 

घट्यो कोरिया जाने खर्च   

यसबर्ष नेपालले ईपिएस मार्फत जान ८ हजारको कोटा पाएको छ । हवाई भाडा दर यसै बर्षदेखि झण्डै १३ हजार घटेको दक्षिण कोरियाको रोजगारी नेपालीका लागि आकर्षक हो । त्यसैले बर्षेनी झण्डै ६० हजार युवाले भाषा परिक्षा दिने गरेका छन् । भाषा परिक्षा पास गरेकाहरुलाई कोरियाले रोष्टरमा आधारित रहेर रोजगारका लागि लैजाने गरेको छ । यसलाई ईपिएस प्रणाली भनेर चिनिन्छ ।  

यो पनि पढ्नुहोस् दक्षिण कोरियामा नेपाली कामदारको कोटा थप्न श्रम मन्त्री विष्टको आग्रह 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: