
काठमाडौ, साउन २१-
भक्तपुरको काँडाघारीमा एक ११ बर्षिय बालकको हत्या भएको छ । अपहरणमा परेका ११ बर्षिय निशान खड्काको हत्या भएको हो । उनको शव प्रहरीले फेला पारेको छ ।
अपहरण पश्चात हत्या गरिएका बालकका बाबु गणेश खड्का रोजगारीका क्रममा मलेसियामा छन् । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भएका ति बालक आमासँग भक्तपुरको सानोठिमिमा बस्दै आएका थिए । उनी आइतवार बेलुकी देखि हराएका थिए ।
अपहरणकारीले राती फोन गरेर फिरौती मागेका थिए । प्रहरीले अपहरणकारी खोज्ने क्रममा भक्तपुरको डोलेश्वरमा भएको मुठभेडमा दुई व्यक्ति मारिएको जनाएको छ । मारिनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् घट्यो कोरिया जाने खर्च