घट्यो कोरिया जाने खर्च

काठमाडौं, साउन २१-

ईपिएस मार्फत कोरिया जाने कामदारको लागत खर्च घटेको छ । यसअघि हवाई भाडा वापत तिर्दै आएको रकममा अव १२ हजार ९ सय ८० रुपैंया घटेको हो ।

ईपिएस शाखाका अनुसार यसअघि कोरिया जाने कामदारले प्रतिव्यक्ति हवाई भाडा वापत ५ सय ३० अमेरिकी डलर तिर्दै आएका थिए । बोलपत्र मार्फत प्रतिस्पर्धा गराइएपछि सिलिङ ट्राभल्स एण्ड टुर्सले प्रति व्यक्ति ४ सय ११ डलरमा पठाउने भएको छ । सोही बोलपत्रलाई स्वीकृति गरिएपछि कामदारको लागत घटेको हो । 

रोजगार अनुमति प्रणाली(इपिएस) लागे भएपछि पहिलो पटक ई विडिङ( विद्युतिय बोलपत्र) मार्फत भाडादरमा प्रतिस्पर्धा गराइएको थियो । यसले कोरिया जाने कामदारहरुले तिर्ने रकम र लागतमा कम गराई नेपाली कामदारलाई हित हुने किसिमका लक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वर्तमान नीति अनुरुप सहयो गर्ने ईपिएस शाखाका प्रमुख कृष्ण प्रसाद खनालले बताए । 

नेपाल सरकार र दक्षिण कोरिया सरकारबीचको सम्झौता अनुसार सन् २००८ देखि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । कडा श्रम गर्नुपर्ने भएपनि आकर्षक कमाईका कारण दक्षिण कोरिया जान चाहने नेपालीको संख्या हरेक बर्ष ठूलो हुन्छ । कोरिया जानेहरुले न्यूनतम पनि प्रतिमहिना १ लाख ५० हजार कमाउने ईपिएस शाखा प्रमुख खनालले बताए । ४ बर्ष १० महिना बस्दा न्यून्तम पनि ७० लाखको हाराहारीमा नेपाली कामदारले कमाउने गरेको उनको भनाई छ ।  

नेपाल लगायत १६ वटा मुलुकबाट दक्षिण कोरियाले ईपिएस प्रणाली मार्फत कामदार लिने गर्दछ । दक्षिण कोरिया जान चाहनेहरुले तीन तरिकाबाट कोरिया जान पाउँछन् । भाषा परिक्षा पास गरेर, कोरियाबाट फर्केकाहरुले सिविटी परिक्षा दिएर तथा कमिटेड अर्थात कोरियामा रोजगार पश्चात स्वदेश फर्केकाहरुलाई सिधै पहिलेको रोजगारदाताले नै झिकाएर । यसबर्ष सिविटी परिक्षा दुई चरणमा हुँदैछ । पहिलो चरणको परिक्षामा ४ सय ३९ जना उत्तिर्ण भएका छन् भनें दोश्रो चरणको परिक्षा भनें हुन बाँकी नै छ ।  

भाषा परिक्षा पास गरेकाहरुको भनें आगामी भदौ ४ गतेदेखि प्रकृया सुरु हुने ईपिएस शाखाका प्रमुख खनालले बताए । उनका अनुसार ८ दिन स्वास्थ्य परिक्षण हुने र त्यसपछि प्रहरी रिपोर्ट लगायत बुझाएपछि रोष्टरमा समावेश गर्न व्यक्तिगत जानकारी कोरिया पठाइनेछ ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: