
काठमाडौं, साउन २१-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ६ पैसा र विक्रि दर ३० रुपैंयाँ २३ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया १९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३५ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ९६ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६१ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ३५ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २९१ रुपैंयाँ ९४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् तलव सुविधा बैंक वा वित्तिय संस्था मार्फत भुक्तानी गर्नुपर्ने