मलेसियामा ‘ईल्लिगल’ बस्नेलाई अन्तिम मौका, एकमहिनामै साढे ५ हजार पक्राउ परे 

क्वालालम्पुर, साउन २०-

मलेसियाले अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किन वा बैधानिक भएर बस्न दिएको आममाफीको यो अन्तिम महिना भएको जनाएको छ । अगष्ट महिना भित्रमा आत्मसमर्पण गरेर स्वदेश फर्किन उसले आग्रह गरेको हो ।

मलेसियाको अध्यागमन कार्यालयले अन्तिम महिनामा चाप हुने भन्दै विदाको दिनमा समेत आवेदन दिने कार्यालयहरु खुल्ला रहने बताएका छन् । अध्यागमनका महानिर्देशक दातुक सेरी फस्तफार अलीले यो नै अन्तिम मौका भएको बताएका छन् । उनले आत्मसमर्पण गरेर स्वदेश फर्किन पनि आग्रह गरेका छन् ।

अगष्टको अन्तिम पछि ठूलो अपरेशन सुरु हुने भन्दै आममाफीको समय अव बढ्ने कुनै सम्भावना समेत नभएको प्रष्ट पारेका छन् ।

मलेसियाले सञ्चालन गरेको आममाफी कार्यक्रममा सहभागि हुन चाहनेहरुले तीन सय रिंगिट जरिवाना र १ सय रिंगिट आउट पास बापत १ सय रिंगिट तिर्नुपर्छ ।

सन् २०१४ को अगष्ट १ मा सुरु भएको आममाफी कार्यक्रम अन्तर्गत हालसम्म ८ लाख ४० हजार अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदार स्वदेश फर्केको अध्यागमन कार्यालयले जनाएको छ ।

महानिर्देशक मुस्तफारले पक्राउ अभियान तिव्र बनाउन अगष्ट ३१ नपर्खिईने बताएका छन् । हाल मलेसियाले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदार पक्राउ गर्न जुलाई १ मा सुरु गरेको ओपिएस ओमेगा ३ अपरेशनका क्रममा हालसम्म ५ हजार ४ सय ४४ जना पक्राउ परिसकेका छन् । यसैगरी १ सय ३५ जना रोजगारदाता पनि पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस् तलव सुविधा बैंक वा वित्तिय संस्था मार्फत भुक्तानी गर्नुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय