कामदारको अधिकारका विषयमा सम्झौता हुन्न, बाँकी कुरामा समिति बनाएर छलफल गर्नुस्ः प्रधानमन्त्री ओली

 

काठमाडौं, साउन १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले बैदेशिक रोजगारमा जाने कामदारको हित नै सरकारको प्राथमिकता भएको भन्दै बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत गर्नुपर्ने बताएका छन । उनले बैदेशिक रोजगारमा धेरै विकृति, विसंगति देखिएको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए ।

सरकारले मेनपावर कम्पनीहरुको धरौटी बृद्धि गर्ने तयारी गरेको समाचार सार्वजनिक भएसँगै राजनीतिक तहमा लविङ सुरु गरेका मेनपावर व्यवसायीको प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले यस्तो बताए । प्रधानमन्त्री ओलीले कामदारको हितमा केन्द्रीत रहेर व्यवसायीको पनि व्यवसाय चल्ने वातावरण निर्माण गर्न आग्रह गरे । उनले यसका लागि श्रम मन्त्रालय र नेपाल बैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)का तीन तीन जनाको समिति बनाएर छलफल गर्न सुझाव दिए । समितिले छलफल गरी तयार पारेको सुझावका आधारमा थप निर्णय गरिने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागि संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । 

हाल बैदेशिक रोजगारको क्षेत्रमा गलत अभ्यास भइरहेको र यसले नेपाली युवा शोषणमा परेको भन्दै यसलाई कडाईपूर्वक रोकिने प्रधानमन्त्रीको भनाई छ । उनले तालिम तथा सीप नसिकाई प्रमाणपत्र बेच्ने, गलत स्वास्थ्य परिक्षण गरेर पठाउने कार्यलाई नियन्त्रण आवश्यक रहेको बताए । मेनपावर व्यवसाय बदनाम भएको भन्दै यसलाई व्यवस्थीत गर्न सरकारले चाहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्रीको सुझाव अनुसार नै श्रम मन्त्रालयसँग मिलेर समिति बनाई सुझाव तयार पारिने संघका अध्यक्ष गुरुङले बताएका छन् ।

यो पनि पढ्नुहोस् धरौटी बृद्धि रोक्न प्रधानमन्त्री र गृहमन्त्री भेट्दै मेनपावर व्यवसायी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय