
काठमाडौं, साउन १८-
मेनपावर कम्पनीको धरौटी बृद्धिको प्रस्ताव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अगाडी बढाएपछि त्यसलाई रोक्न मेनपावर व्यवसायीहरुले लविङ थालेका छन् । यसअघि राजधानीमा आयोजित कार्यक्रममा सरकारको सो कदम विरुद्ध उत्रने निर्णय गरेको नेपाल बैदेशिक रोेजगार व्यवसायी संघले शक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्दै छ ।
संघका पूर्व अध्यक्ष बलबहादुर तामाङका अनुसार संघ र नेकपा निकटको नेपाल प्रगतिशिल रोजगार व्यवसायी मञ्चले संयुक्त रुपमा अहिले ११ः३० मा प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम छ । यसैगरी दिउँसो २ बजे मञ्चलृ गृहमन्त्री थापालाई भेट्दै छ । पूर्व अध्यक्ष तामाङका अनुसार भेटमा बैदेशिक रोजगालाई कसरी पारदर्शी बनाउने, कसरी तिरेको रकमको रसिद पाउने वातावरण बनाउने र अस्वभाविक रुपमा गर्न खोजिएके धरौटी बृद्धिको विषयलाई हल गर्ने भन्ने बारेमा छलफल गर्ने तयारी छ ।
यसअघि मेनपावर कम्पनीको धरौटी बृद्धि सहितको बैदेशिक रोजगार ऐन संशोधनको प्रस्ताव मन्त्रीपरिषदमा पुगिसकेको छ । हाल नगद ७ लाख र बैंक ग्यारेण्टी २३ लाख गरी ३० लाख राख्नुपर्ने प्रावधानि छ । यसलाई बृद्धि गरेर ६ करोड पुर्याउने चर्चासँगै व्यवसायी उच्च राजनीतिक नेतृत्वसँगको लविङमा जुटेका हुन् ।
यो पनि पढ्नुहोस् मलेसियाका मन्त्रीलाई नेपाल भ्रमणको निम्ता, सिधै सरकारसँगको सम्झौतामा कामदार पठाउन जोड