शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ११ पैसा र विक्रि दर ३० रुपैंयाँ २७ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ १ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३९ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६२ रुपैंया ५ पैसा छ भनें विक्रि दर ३६४ रुपैंयाँ ३ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २९१ रुपैंयाँ ८४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् नेपाली मलेसिया आउन रोकिएपछि झुट बोल्न थाल्यो बेष्टिनेट, छलफल नभई भ्रम फैलाएको दूतावासको भनाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय