नेपाली मलेसिया आउन रोकिएपछि झुट बोल्न थाल्यो बेष्टिनेट, छलफल नभई भ्रम फैलाएको दूतावासको भनाई 

क्वालालम्पुर, साउन १७-

नेपाली कामदारसँग प्रतिव्यक्ति झण्डै १९ हजार उठाउने कार्यमा संलग्न मलेसियाको कम्पनी बेष्टिनेटले नेपाली दूतावाससँग कुनै छलफल नै नगरी ढाँटेको छ । उसले नेपाली कामदार पठाउन हाल देखिएको अन्यौल हटाउन आफूले क्वालालम्पुर स्थीत नेपाली दूतावासका अधिकारीहरुसँग छलफल गरेपनि नेपाली अधिकारीले निर्णय पुनर्विचार नहुने बताएको समाचार छापिएपछि उसको यो गलत कुरा सार्वजनिक भएको हो ।

केहिदिन अघिदेखि लगातार नेपाली कामदार माथि भएको शोषणका बारेमा समाचार लेख्दै आएको स्थानीय अनलाइन द स्टारमा यससम्वन्धी सामाचार छापिएको थियो । सो समाचारमा बेष्टिनेटका प्रमुख कार्यकारी अधिकृत ईस्माली मोहम्मद नूरले आफूहरुले समस्या सुल्झाउन मंगलवार नेपाली दूतावासका अधिकारीहरुसँग छलफल गरेको दावी गरेका थिए । उनले प्रयत्न गरिएपनि बेष्टिनेटले समस्या सुल्झाउन असमर्थ भएको बताएका छन् । दुई देशका सरकारबीचको सहमतिमा मात्र यो समस्या सुल्झिने नेपाली अधिकारीहरुले बताएको नूरले बताएपनि नेपाली दूतावासले भनें त्यस्तो कुनै छलफल नै नभएको बताएको छ ।

सो समाचार सार्वजनिक भएपछि क्वालालम्पुर स्थीत नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै बेष्टिनेटका कुनै पनि प्रतिनिधिसँग कुनै छलफल नै नभएको जनाएको छ । दूतावासले यो समाचार भ्रामक भएको भन्दै खण्डन गरेको हो ।

मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकसँग प्रतिव्यक्ति झण्डै १९ हजार असुल्ने काम बन्द गर्न नेपालले सो कार्यमा संलग्न संस्थाहरुलाई खारेज गरेको छ । यसले मलेसियामा श्रमिकको अभाव हुन थालेको छ भनें यसले मलेसियाको अन्तराष्ट्रिय छवि विगारेपछि मलेसियाको नयाँ सरकारले नयाँ प्रकृयाबाट कामदार भर्ना गर्ने उपायका बारेमा छलफल थालेको छ । शुक्रवार यहाँको मन्त्री परिषद बैठकमा यस बारेमा छलफल हुने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् युएईले ६ महिनाको भिषा दिने, आफैं रोजगारी खोज्न पाइने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: