आममाफीमा सहभागि हुन पहिलो दिन १४ जना नेपालीले कागजपत्र बनाए, धेरैजसो युएईमै बस्ने योजनामा

दुवई, साउन १७-

तीन महिना लामो आममाफीको पहिलो दिन अगष्ट १ मा १४ जना नेपाली आवश्यक कागजपत्र बनाउन दूतावास पुगेका छन् । अवुधाविस्थीत नेपाली दूतावास पुगेका १४ जना मध्ये ८ जनाले युएईमैै बस्ने मनसाय देखाएका छन् भनें ६ जना स्वदेश फर्किन चाहेको युएई स्थीत नेपाली दूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयाँलले जनाएका छन् ।

युएईले ६ महिनाको भिषा दिने, आफैं रोजगारी खोज्न पाइने

पहिलो दिन सवैभन्दा धेरै रुचि फिलिपिन्स र बंगलादेशका नागरिकको देखिएको छ । ति दुवै मुलुकका तीन तीन सय नागरिकले आफ्ना दूतावासबाट कागजपत्र बनाएका छन् । फिलिपिन्सका तीनसय मध्ये केवल तीनजना मात्र पुरुष छन् । बाँकी सवै महिला रहेको जनाइएको छ । फिपिपिनो नागरिक पनि युएईमै बस्न चाहेको देखिएको छ । तीन सय मध्ये २ सय ५५ जनाले युएईमै बस्न चाहेको जनाएको युएई स्थीत फिलिपिन्सको दूतावासले जनाएको छ ।

जेल परेका नेपालीलाई नगरपालिकाले टिकट दिएर स्वदेश फर्कायो

तर बंगलादेशी नागरिकहरुमा भनें स्वदेश फर्किन चाहनेको संख्या उल्लेख्य छ । तीन सय मध्ये ४० प्रतिशतले स्वदेश फर्किन चाहेको सो देशको दूतावासले जनाएको छ । ईण्डोनेसियाका ५० जनाले कागजपत्र बनाएका छन् जसमध्ये अधिकाँश युएईमै बस्न चाहेको देखिएको छ । आममाफीको पहिलो दिन सवैभन्दा कम संख्या भारतीय दूतावासमा देखिएको थियो जहाँ केवल दुईजना कागजपत्र बनाउन पुगेका थिए । उनीहरु दुवैजनाले स्वदेश फर्किने रुचि देखाएका छन् ।

अगष्ट १ देखि सुरु भएको आममाफीमा युएई सरकारले विना जरिवाना स्वदेश फर्किने वा वैधानिक भएर बस्ने दुई अवसर दिएको छ ।

यो पनि पढ्नुहोस् युएईमा आममाफी सुरु, कहाँ जाने आवेदन दिन ? (सूची सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय