काठमाडौं, साउन १६-
युएई सरकारले तीन महिने आममाफीका क्रममा युएईमै बसेर रोजगारी खोज्न चाहनेहरुका लागि ६ महिने भिषा दिने घोषणा गरेको छ । यसले युएईमै बसेर रोजगारी खोज्न चाहनेहरुका लागि सुनौलो मौका प्राप्त हुने उसको भनाई छ ।
यसअघि पनि युएईले आममाफी खोल्ने गरेपनि यसरी ६ महिनासम्मको भिषा दिने व्यवस्था भनें पहिलो पटक गर्न लागेको हो ।
अवैधानिक रुपमा बसिरहेकाहरु जसले यसअघि नै कुनै रोजगारी पाएका छन् भनें उनीहरुले तत्कालै नयाँ रोजगारीमा आफूलाई वैधानिक बनाउन सक्नेछन् । तर जोसँग नयाँ काम छैन तर काम खोजेर युएईमै बस्न चाहन्छन् उनीहरुले ६ महिनाको अवधि पाउन लागेका हुन् ।
तर यसरी अल्पकालिन समयको भिषा प्राप्त गर्न वैधनिक बाटो भएर युएई प्रवेश गरेको हुनु पर्नेछ । अवैधानिक रुपमा युएई प्रवेश गरेकाहरुका हकमा भनें दुई बर्ष प्रतिवन्ध लाग्नेछ । तर त्यसरी युएई प्रवेश गरेकाहरु पनि स्वदेश फर्किन भनें विना जरिवाना पाउनेछन् ।
युएईमा आममाफी सुरु, कहाँ जाने आवेदन दिन ? (सूची सहित)
यसरी दिइने ६ महिने भिषा व्यक्ति स्वयंको स्पोन्सरसीपमा हुने युएईको फेडरल अथोरिटी फर आइडेन्टीटी एण्ड सिटिजनसीपले जनाएको छ ।
यसरी ६ महिनाको भिषा लिएको व्यक्तिले सरकारी वा नीजि क्षेत्रमा रोजगारी खोज्न सक्नेछ । यो समयावधिमा रोजगारी प्राप्त गरेमा सोही अनुरुप कागजात बनाउनु पर्नेछ भनें रोजगारी खोज्न असमर्थ भएमा स्वदेश फर्किनु पर्नेछ ।
यो पनि पढ्नुहोस् अवैधानिक रुपमा बसिरहेकाहरु लाइन लाग्न सुरु (तस्वीरहरु)
