
काठमाडौं, साउन १६-
युएईमा अवैधानिक रुपमा बसिरहेका विदेशीलाई विना झण्झट स्वदेश फर्किन वा बसार्ईलाई बैधानिक बनाउने आममाफी आज बुधवारदेखि सुरु भएको छ । तीन महिने आममाफीका लागि फारम भर्ने केन्द्रहरु पनि तोकिएका छन् । यसैगरी युएईस्थीत नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै सो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।
अवैधानिक रुपमा बसिरहेकाहरुलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन युएईका ९ ठाउँमा केन्द्रहरु खोलिएका छन् । भिषाको म्याद गुज्रिएपनि बसिरहेकाहरुले ति केन्द्रमा गएर वैधानिकता लिन वा विना जरिवाना स्वदेश फर्किने कागजात बनाउन सक्नेछन् ।
फेडरल अथोरीटी फर आइडेण्टीटी एण्ड सिटिजनसीपले यसका बारेमा जानकारी गराउँदै सेवा लिन आग्रह गरेको हो । अगष्ट १ देखि सुरु भएको तीन महिना लामो आममाफीका क्रममा विना भिषा बसिरहेकाहरुले स्वदेश फर्किने कागजात कुनै जरिवाना नतिरी बनाउन सक्नेछन् । त्यसरी फर्किनेहरु पुनः युएई रोजगारीका लागि आउन चाहेमा पाउँछन् । युएई छोड्न चाहनेहरुले २ सय २१ दिराम शुल्क बुझाउनु पर्दछ । तर यसरी फर्किन चाहनेहरुसँग म्याद सहितको पासपोर्ट र स्वदेश फर्किने टिकट हुनु पर्दछ ।
यसैगरी पहिले अन्य रोजगारदाताकोमा काम गर्ने तर हाल भागेर अन्यत्रै काम गरिरहेकाहरुले भगौडाकोृ सूचिबाट आफ्नो नाम हटाउन ५ सय २१ दिराम शुल्क तिर्नुपर्नेछ ।
सो क्रममा विना भिषा बसिरहेकाहरुले ६ महिनाको व्यक्तिगत स्पोन्सरसीप पनि लिन सक्नेछन् र सो क्रममा त्यसरी कागजात बनाएकाहरुले रोजगारी खोज्न सक्ने छन् ।
आममाफीको समय सकिएपछि पक्राउ पर्नेहरुले भनें स्वदेश फर्किन जरिवाना तिर्नुपर्ने र पुनः युएई प्रवेशमा बन्देज लाग्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलीपल्ट नै त्यस्तो कागजात प्राप्त गर्ने जनाइएको छ ।
कहाँ राखिंदैछन् आवेदन दिने कार्यालयहरुः
१. अवुधाविको साहमास्थीत अध्यागमन कार्यालयमा
२. अल ऐनको अध्यागमन कार्यालय
३. अल घर्वियाको अध्यागन कार्यालय९अवुधाविको पश्चिमी भाग०
४. दुवईको अल अवीर
५. अन्य ईमिरेट्सहरुमा मुख्य अध्यागन कार्यालयहरुमा
यी केन्द्रहरु विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला हुने जनाइएको छ ।
यो पनि पढ्नुहोस् जेल परेका नेपालीलाई नगरपालिकाले टिकट दिएर स्वदेश फर्कायो