मलेसियाको मन्त्री परिषदमा नेपाली कामदार आउन रोकिएको विषयमा छलफल हुँदै

क्वालालम्पुर, साउन १५-

मलेसियाको मन्त्री परिषदमा नेपाली कामदार पठाउन नेपालले लगाएको रोकका विषयमा छलफल गर्ने भएको छ । यहाँको गृह मन्त्रालयले आगामी शुक्रवारको मन्त्री परिषद बैठकमा सो विषयमा छलफल हुन लागेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले सो छलफलमा समस्या समाधानका विषयमा पनि छलफल हुने बताएका छन् । मलेसियाको अनलाइन द स्टारका अनुसार मन्त्री कुलासेगरनले दुवै पक्षले जित्ने खालको उपाय खोजिने बताएका छन् ।

“मलेसियामा रोजगारीका लागि आउन चाहने नेपाली कामदारले भोगिरहेको समस्याका बारेमा हामीलाई जानकारी छ” उनले भने “यसअघि विदेशी कामदार ल्याउने प्रकृयामा छानविन गर्ने एक नीजि क्षेत्रको कम्पनीका कारण सिर्जित समस्या हो ।” 

पोल्याण्ड र चेक रिपब्लिक जाने नेपाली माथि चर्को ठगि, पीडितद्धारा दलाललाई कारवाही गर्न माग

हाल नेपालका सरकारी अधिकारीहरुले अवैध बाटोबाट पैसा पठाएको लगायतका विषयमा छानविन गरिरहेको समेत यहाँको संसदलाई जानकारी गराएका छन् । मलेसियामा कार्यरत १७ लाख विदेशी कामदार मध्ये ३ लाख ७८ हजार ५ सय ७७ जना वैधानिक रुपमा कार्यरत रहेको उनले बताएका छन् ।

सुरक्षा गार्डमा नेपाली कामदार रोकिंदा समस्या परेको विषयमा संसदमा उठेको चासोका बारेमा भनें कुलासेगरनले यसले धेरै ठूलो प्रभाव नपार्ने बताए । हाल २४ हजार ४ सय २८ जना नेपाली सुरक्षा गाडएका रुपमा कार्यरत रहेको जानकारी दिए । मलेसियामा कुल १ लाख ३८ हजार ३ सय ४ जना सुरक्षा गार्ड कार्यरत रहेको उनले बताए ।

यो पनि पढ्नुहोस् अर्का नेपालीलाई उद्धार गर्न व्लड मनी जुटाउने अभियान सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय