
काठमाडौं, साउन १४-
राजधानीको अल स्कील्स ईण्टरनेशनल ह्युमेन रिसोर्समा बैदेशिक रोजगार विभागले छापा मारेको छ । कुवेत पठाउने गरी ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजार लिएको उजुरी परेपछि सो मेनपावर कम्पनीमा विभागले छापा मारेको हो ।
सो क्रममा केहि व्यक्तिको मंगलवार(भोली) को उडान भएका कारण उनीहरुलाई प्रतिव्यक्ति १० हजारमा पठाउने व्यवस्था विभागले सो मेनपावर कम्पनीलाई गराएको छ । मेनपावर कम्पनीको भनें छानविन गर्ने प्रकृया अगाडी बढाइने जनाइएको छ । अनुगमन टोलीसँगै रहेका पत्रकार मनोज पराजुलीका अनुसार यो समाचार तयार पार्दा विभागका कर्मचारीले मुचुल्का उठाइरहेका छन् ।