अवैधानिक रुपमा बसिरहेका ५ हजार नेपाली तीन महिनाभित्र स्वदेश फर्किने अनुमान

 

 

आवुधावि, साउन १३- 

युएईमा अगष्ट १ तारिख देखि सुरु हुने आममाफी कार्यक्रममा सहभागि भएर ५ हजार हाराहारी नेपाली स्वदेश फर्किने अपेक्षा युएईका लागि नेपाली श्रम सहचारी मोतीराम भुषालले प्रकट गरेका छन् । उनले यो उपयुक्त अवसर भएको भन्दै अवैधानिक रुपमा बसिरहेकाहरुले मौकामा सदुपयोग गर्ने अपेक्षा प्रकट गरे । 

गल्फन्यूजका अनुसार श्रम सहचारी भुषालले विना कुनै जरिवाना तथा झण्झट विना स्वदेश फर्किने अवसर भएका कारण भिषा अवधिभन्दा बढी मय बसेका ति नेपाली स्वदेश फर्किने बताएका हुन् । 

“यो स्वदेश फर्किने उपयुक्त मौका हो जो भिषा अवधि भन्दा बढी समयदेखि बसिरहेका छन् वा वैधानिक कागजात विना बसिरहेका छन्” भुषालले भने “उनीहरु सहज प्रकृया मार्फत स्वदेश फर्किन पाउने वा आफ्नो बसाईलाई बैधानिक बनाउन पाउने छन् ।” 

अगष्ट १ देखि सुरु हुने तीन महिने आममाफीको समयमा भिषा अवधि सकिएर पनि युएईमै बसिरहेका वा कागजी प्रकृया नमिलाइ बसेकाहरुले कुनै जरिवाना नतिरी स्वदेश फर्किन वा आफ्नो बसाईलाई बैधानिक बनाउन सक्नेछन् । तर युएईमै बस्न चाहनेहरुले भनें न्यूनतम शुल्क तिर्नुपर्छ । 

यसअघि सन् २०१३ मा युएईले दिएको दुई महिना लामो आममाफीमा अवैधानिक रुपमा बसिरहेका ६२ हजार व्यक्ति सहभागि भएका थिए । 

यो पनि पढ्नुहोस् मलेसियाद्धारा सहज रुपमा नेपाली कामदार पठाइदिन आग्रह, सरकार मार्फत नै कामदार लिने योजना

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय