नेपालले कामदार पठाउन रोकेपछि मलेसियामा समस्या, नेपालको निर्णय सही  सावित हुँदै 

काठमाडौं, साउन १२-

रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारसँग चर्को रकम असुल्ने संस्थालाई अवैधानिक ठहर गर्दै नेपालले ति संस्था खारेज गरेपछि मलेसिया जाने नेपाली कामदार जान पाएका छैनन । यसले जति नेपालीलाई समस्या परेको छ, त्यो  भन्दा चर्को दवाव मलेसियामा पर्न थालेको देखिएको छ ।

नेपालले कामदार पठाउन रोकेपछि यसअघि मलेसियाका मानव संशाधन मन्त्री एम कुलाशेगरनले मलेसियास्थीत नेपाली दूतावासमा नै पुगेर समस्या समाधान गरिने संकेत गरेका थिए । उनले सो विषयमा मन्त्रीपरिषदमा नै छलफल हुने आश्वासन समेत दिएका थिए । यसअघि मलेसियाका रोजगारदाताहरुले मलेसियाका सरकारी निकायमा पुगेर नेपाली कामदार ल्याउने व्यवस्था मिलाउन दवाव सिर्जना गरेका थिए ।

यसैगरी शनिवार विहान मात्र कुलाशेगरनले नेपाली कामदार माथि गरिएको आर्थिक शोषण सम्वन्धि समाचारलाई सामाजिक सञ्जालमा शेयर गर्दै समस्या समाधान हुने उल्लेख गरेका थिए । मलेसियामा स्थानीय सञ्चार माध्यले उनी समस्याका बारेमा छलफल गर्न नेपाल आउन सक्ने समाचार प्रकाशित गरेपछि मलेसिया नेपाली कामदारका विषयमा निक्कै गम्भीर देखिएको सहजै अनुमान गर्न सकिन्छ ।

मलेसिया जाने नेपाली श्रमिकसँग विभिन्न नाममा झण्डै १९ हजार असुल्ने गरिएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यो ठगि मान्य नभएको भन्दैै ति संस्था खारेज गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय