ऋण तिर्न विदेशिएका गर्भु बाकसमा फर्किए

काठमाडौं, साउन ११-

विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए

साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदी अरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो

गत जेठ गते साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आइपुगेको हो उनको अन्तिम संस्कार भइसकेपनि पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् आब कोन आधार जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन्

गरिबी, अभाव अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए गत जेठ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गत मंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजन मात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन्

विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा का वडाध्यक्ष अशोककुमार महतोको भनाइ अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताए (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: