
अवुधावी, साउन ८-
अवैधानिक रुपमा बसिरहेकाहरुलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन युएईका ९ ठाउँमा केन्द्रहरु खोलिएका छन् । भिषाको म्याद गुज्रिएपनि बसिरहेकाहरुले ति केन्द्रमा गएर वैधानिकता लिन वा विना जरिवाना स्वदेश फर्किने कागजात बनाउन सक्नेछन् ।
गल्फन्यूजका अनुसार फेडरल अथोरीटी फर आइडेण्टीटी एण्ड सिटिजनसीपले यसका बारेमा जानकारी गराउँदै सेवा लिन आग्रह गरेको हो । अगष्ट १ देखि सुरु हुने तीन महिना लामो आममाफीका क्रममा विना भिषा बसिरहेकाहरुले स्वदेश फर्किने कागजात कुनै जरिवाना नतिरी बनाउन सक्नेछन् । त्यसरी फर्किनेहरु पुनः युएई रोजगारीका लागि आउन चाहेमा पाउँछन् ।
सो क्रममा विना भिषा बसिरहेकाहरुले ६ महिनाको व्यक्तिगत स्पोन्सरसीप पनि लिन सक्नेछन् र सो क्रममा त्यसरी कागजात बनाएकाहरुले रोजगारी खोज्न सक्ने समाचारमा जनाइएको छ ।
आममाफीको समय सकिएपछि पक्राउ पर्नेहरुले भनें स्वदेश फर्किन जरिवाना तिर्नुपर्ने र पुनः युएई प्रवेशमा बन्देज लाग्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलीपल्ट नै त्यस्तो कागजात प्राप्त गर्ने जनाइएको छ ।
कहाँ राखिंदैछन् आवेदन दिने कार्यालयहरुः
१. अवुधाविको साहमास्थीत अध्यागमन कार्यालयमा
२. अल ऐनको अध्यागमन कार्यालय
३. अल घर्वियाको अध्यागन कार्यालय(अवुधाविको पश्चिमी भाग)
४. दुवईको अल अवीर
५. अन्य ईमिरेट्सहरुमा मुख्य अध्यागन कार्यालयहरुमा
यी केन्द्रहरु विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला हुने जनाइएको छ ।
यो पनि पढ्नुहोस् गाउँ घुम्दै, विदेश जानेले तिर्नुपर्ने पैसा घटाउँदै विदेशबाट फर्केकाहरु