५३ लाख नगद सहित पक्राउ परे ५ जना हुण्डी कारोवारी

काठमाडौं, साउन ७-

काठमाडौंमा हुण्डी कारोवार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट  ५३ लाख १९ हजार ६ सय ५७ रुपैंयाँ नगद तथा २३ लाख १३ हजारको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गैर कानुनी रुपमा हुण्डीको कारोवार भइरहेको सुचनाका आधारमा उपत्यका अपराध महाशाखाबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको कुलेश्वर र न्यूरोड क्षेत्राट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको साथबाट हुण्डीको कारोवार सहितको विवरण तथा हुण्डीका लागि प्रयोग भएका कागजातहरु पनि बरामद गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु विजय गुप्ता र अंकित अग्रवाल तथा नेपाली नागरिकहरु दिपक श्रेष्ठ, सञ्जित पाण्डे र पुजन छाला जिमी रहेका छन् । प्रहरीका अनुसार गुप्ताको साथबाट ३४ लाख ६८ हजार नगद, दिपक श्रेष्ठको साथबाट ९ लाख ९० हजार नगद तथा १० लाख ३ हजारको चेक, सञ्जित पाण्डेको साथबाट ३ लाख ३१ हजार नगद र १३ लाखको चेक बरामद गरिएको हो ।

यसैगरी अंकित अग्रवालको साथबाट ५ लाख ७ हजार ६ सय ७५ नगद तथा पुजन छाला जिमीको साथबाट २३ हजार नगद तथा १० हजारको चेक बरामद भएको हो । पक्राउ परेकाहरुलाई प्रारम्भीक अनुसन्धान सुरु भएको र थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् दुबईमा बसेर नेपाल चिनाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय