ट्रेड युनियनलाई कुल्ली कवाडीको संगठनका रुपमा मात्र नबुझ्न आग्रह

 

काठमाडौं,साउन ३-

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्रेड युनियन प्रतिको दृष्टिकोण फेर्न सुझाव दिएका छन् । उनले ट्रेड युनियन भन्ने वित्तिकै यो त कुल्ली कवाडीहरुको संगठन हो भन्ने लाग्ने गरेको भन्दै यथार्थ भनें फरक रहेको बताए । “यो कुल्ली कवाडीहरुको संगठन होइन” रिमालले भने “यसमा आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका, विश्वविद्यालयहरुमा पढाउनेहरु पनि संलग्न छन्, म आफैं पनि कुनै समयमा पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा पढाउँथें।”   

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक समेत रहेका रिमालद्धारा लिखित पुस्तक गरिखानेका नाममा विषयमा आयोजित पुस्तक अन्तरकृया कार्यक्रममा रिमालले सो धारणा राखे । उनले श्रम गर्नेहरु सवै श्रमजीवि भएको बताए । हामी सवै आफूसँग भएको श्रम शक्ति बेच्छौं रिमालले भने त्यसैले हामीले आफूलाई श्रमिक भन्दा कुनै ग्लानी महशुश गर्नु पर्दैन । उनले श्रमिक र रोजगारदाताबीचको सम्वन्ध, एउटै विषयको बुझाईलाई कसरी श्रमिक र रोजगारदाताले फरक फरक रुपमा हेर्छन भनेर पनि प्रष्ट्याए ।

घोष्ट राईटिङ नेपालले आयोजना गरेको सो कार्यक्रममा बोल्दै रिमालले विभिन्न समयमा आफूले बोलेका कुरालाई नै जोडेर पुस्तकको आकार दिइएको बताए । उनले यसलाई पुस्तककै रुपमा ल्याउने आफूले नठाने पनि जिफन्टका सहकर्मीहरुको अनुरोधमा यो तयार भएको बताए । उनले पुस्तकमा १ सय १६ वटा विम्वहरुको प्रयोग गरिएको, केहि विषयका भोगाईलाई पनि पुस्तकमा समेटिएको जानकारी गराए । ट्रेड युनियन आन्दोलनमा लागेकाहरु नै यस पुस्तकका लक्षित पाठक रहेको भन्दै रिमालले बताए ।

सो अवसरमा बोल्दै प्रा.डा. तारानीधि भट्टराईले समकालिन राजनीतिज्ञमा लेखन क्षमता कमजोर भएको भन्दै रिमाल केहि अपवाद मध्ये एक भएको धारणा राखे । उनले राजनीति गर्छु भन्नेहरुले त यो पुस्तक पढ्नै पर्ने भन्दै पुस्तक मार्फत रिमालले अगाडी सारेका विचारले युवा पुस्तालाई धेरै ज्ञान प्रदान गर्ने विचार प्रकट गरे ।

यसैगरी डा. सुनिलबाबु श्रेष्ठले पुस्तकको शिर्षकले नै पुस्तकमा के छ भन्ने प्रष्ट बनाउने बताए । उनले नेतृत्व विकासका लागि पुस्तक उपयोगि रहेको विचार राखे । मर्यादित कामका बारेमा बुझ्न रिमालद्धारा लिखित पुस्तक गरिखानेका नाममा उत्कृष्ट रहेको उनको भनाई थियो । यसैगरी डा. पदमराज कलौनीले पुस्तकले एकता नै बल हो भन्ने सन्देश दिएको धारणा राखे ।

पुस्तकका बारेमा आलोक प्रस्तुत गर्दै डा. नवराज खतिवडाले पुस्तकले श्रम अर्थतन्त्र, राजनीति र अन्य विषयलाई धेरै प्रष्टसँग राखेका धारणा राखे । कार्यक्रममा घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले पुस्तक पढेपछि गरिखनेहरुले गरिखान पाए की पाएनन, अनी भविष्यमा गरिखान पाउँछन् की पाउँदैनन भन्ने प्रश्न उठाएको बताए । उनले रिमालद्धारा लिखित पुस्तक केवल पुस्तक मात्र नभई जीवन दर्शन भएको धारणा राखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका जिफन्टका संरक्षक रिमालद्धारा लिखित पुस्तक गरिखानेका नाममा अगं्रेजी संस्करणमा फर द वर्कर्स बाइ द वर्कर्स नाममा प्रकाशित छ ।   

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारले विगारेको परिवार (देश परदेशको भिडियो श्रृंखला ३)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: