
काठमाडौं, असार ३२-
मलेसियाका लागि नेपाली राजदुतमा उदयराज पाण्डेलाई सरकारले सिफारिस गरेको छ । सोमवार बसेको मन्त्री परिषद बैठकले पाण्डेको नाम सिफारिस गरेको हो । सिफरिस गरिएको नाम संसदिय समितिबाट अनुमोदन हुनु पर्दछ ।
पाण्डे यसअघि साउदी अरवमा राजदूत भएर फर्केका हुन् । तत्कालिन नेकपा एमालेको सिफरिसमा राजदूत भएका पाण्डेले साउदी अरवमा बस्दा राम्रो काम गरेको सिफरिसका आधारमा उनी मलेसियाका लागि राजदूतमा परेका हुन् । श्रमिकका पक्षमा खरो कुरा राख्ने पाण्डे हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको एउटा कार्यदलका संयोजक पनि हुन् ।
यसैगरी भारतका लागि पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस भएको छ । उप्रेतीले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका थिए ।
तर राजदूत रिक्त रहेपनि सरकारले सोमवारको बैठकबाट यूएईका लागि राजदूतको सिफरिस गरेको छैन ।