काठमाडौं, असार ३१-
पैसा पठाए बापत यूएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जको उपहारमा एक किलो सुन नरेन्द्र मगरले पाएका छन् ।
समर प्रमोसन (२०१८ नाम दिएको उक्त उपहार योजना मे १६ देखि जुलाई १४ सम्म अहालिय एक्सचेञ्जबाट विभिन्न देशका नागरिकले आफ्नो देशमा पैसा पठाएकाहरुको लिस्टबाट छनोट गरिएको हो। जसमा उक्त उपहार नेपाली नागरिकले पाएका हुन ।
जुलाई १५ तारिख अहालिया एक्सचेञ्जको अबुधाबीमा रहेको इलेक्ट्रा शाखामा उक्त बिजेता घोषणा गरिएको हो । यसका अतिरिक्त समर सरप्राइज कार्यक्रम अन्तर्गत माइक्रोओभन, एलइडी टिभी, घडी, किरिङ, पेन र मग लगायतका अन्य उपहार सामग्री पनि पाउन सकिने व्यवस्था अहालिया एक्सचेञ्जले गरेको थियो ।
यस्तै उपहार योजना अन्तर्गत २०१३ मा पनि यस्तै उपहार नेपाली नागरिक राम बहादुर थापाले युएई एक लाख दिराम (झन्डै नेपाली तीस लाख) पाएको एक्सचेञ्जका बिजनेस कोडिनेटर तथा नेपाली मेनेजर बेनि माधब ढकालले जानकारी दिए । कारोवार दैनिकबाट साभार