बैदेशिक रोजगारको बेथिति सरकारले सहँदैनः मन्त्री विष्ट

काठमाडौं, असार २७-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारको क्षेत्रमा देखिने कुनै पनि बेथिति सरकारलाई सह्य नभएको बताएका छन् उनले बेथिति नियन्त्रण गर्न खोज्दा केहि विरोधका स्वरहरु सुनिएको भन्दै त्यसले कुनै फरक नपार्ने बताए

राजधानीमा आयोजित बैदेशिक रोजगारबाट फर्केका युवाहरुको राष्ट्रिय भेलामा बोल्दै मन्त्री विष्टले भने “कराउने कराउँदै गर्छन्, हात्ति लम्किंदै गर्छ ।” उनले नेपाली पासपोर्ट बोकेकाहरुले भोग्नुपर्ने अपमानको अन्त्यका लागि मुलुकलाई समृद्ध बनाउनु पर्ने धारणा राखे

बैदेशिक रोजगारी सरकारको प्राथमिकताको विषय नभएको भन्दै मन्त्री विष्टले बैदेशिक रोजगारमा कमाउने सरदर रकम अव स्वदेशमा पनि कमाउने वातावरण निर्माण भएको बताए उनले खाडीका मुलुक मलेसियामा सरदर नेपालीले मासिक २० हजार कमाउने गरेको भन्दै साउन गतेदेखि नेपालमा काम गर्ने श्रमिकको ज्याला पनि सवै जोड्दा १६ हजार पुग्ने बताए उनले देश विकासमा जुट्न युवालाई आव्हान गर्दै मातृभूमिको सेवा गर्दै स्वदेशमा नै रोजगारीमा जुट्न आग्रह गरे । “नेपालीको श्रम सीप नेपाल बनाउन नै खर्च गरौं” मन्त्री विष्टले आग्रह गरे “हामी आफ्नै बलले, पसिनाले नेपालको भाग्य बदल्न, अवस्था बदल्न चाहन्छौं ।”

नेपालमा एकातिर रोजगारी प्राप्त नभएको भन्दै लाखौं युवा बर्षेनी विदेशीने गरेको अर्कातिर रोजगारदाताले श्रमिक नपाएर लाखौं विदेशीले नेपालमा रोजगारी पाइरहेको भन्दै विगतमा रोजगारीको खोजिमा रहेकाहरु रोजगारदाताबीच तादात्म्यता नभएकै कारण यो समस्या सिर्जना भएको मन्त्री विष्टको भनाई थियो उनले अव यो अवस्था अन्त्यका लागि सरकारले सय ५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना हुने जानकारी दिए प्रधानमन्त्री रोजगार कार्यक्रम पश्चात स्वदेशमा रोजगारीको अवसर धेरै बृद्धि हुने भन्दै विदेशमा रोजगाररत नेपाली पनि अव स्वदेश फर्किने समय भएको बताए

सो अवसरमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले स्वदेशमा नै युवालाई अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए उनले बैदेशिक रोजगारबाट फर्केकाहरुसँग भएको सीप, ज्ञान पुँजीलाई देश विकासका लागि लगानी गर्नुपर्ने धारणा राखे   

सो अवसरमा बोल्दै गैर आवासिय नेपाली संघ(एनआरएनए) का अध्यक्ष भवन भट्टले प्रवासमा बसेर नेपालीले आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाइदिनु पर्ने बताए । उनले बेल्जियम, जापान, कतार, युएई लगायतका मुलुकमा कार्यरत नेपालीको उदाहरण दिंदै उनीहरु मार्फत सो देशको पुँजीलाई समेत आकर्षित गर्न सकिने धारणा राखे । 

भेलामा बैदेशिक रोजगारबाट फर्केका युवाहरुको तर्फबाट बोल्दै उत्तम अधिकारीले विदेशबाट फर्केकाहरुलाई उनीहरुको सीप, लगानीयोग्य रकम समेतको तथ्याँक संकलन गरी छुट्टै परिचयपत्र दिन माग गरे रोजगारीका क्रममा विदेशमा दुर्घटनामा परहेकहरु तथा अन्य तवरले पीडित भएकाहरुलाई फरक किसिमको सहुलियत दिन परिचयपत्र दिन आवश्यक रहेको उनको भनाई थियो

अधिकारीले विदेशबाट फर्केकाहरुलाई उपलव्ध गराइने सहुलिय कार्यक्रमका बारेमा जानकारी दिन सुचना तथा समन्वय केन्द्र गठन गर्न माग गरे यसैगरी व्यक्ति व्यक्तिमा छरिएर रहेको पुँजीलाई एकत्रित गरी राज्यले समेत थप लगानी गरे ठूला परियोजना सञ्चालन गर्नुपर्ने उनको भनाई थियो

भेलामा देशका ६३ जिल्लाका झण्डै सय प्रतिनिधि सहभागि छन् भेलाले विभिन्न विषयमा छलफल गरी आगामी दिनमा गर्न सकिने कामको तय गर्नेछ    

यो पनि पढ्नुहोस्कागजपत्रले दिलायो क्षतिपूर्ति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: