काठमाडौं, असार २६-
मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा थप ४३ जना पक्राउ परेका छन् । मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरका विभिन्न स्थानबाट ति व्यक्ति पक्रेको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नामाले जनाएको छ । मलेसियाले अवैधानिक रुपमा बसिरहेका आप्रवासी पक्रिन गत जुलाई १ तारिख देखि ओविएस ओमेगा थ्री अपरेशन चलाइरहेको छ ।
पक्राउ पर्नेहरुमा बंगलादेशी र ईण्डोनेशियाली नागरिक रहेको अध्यागमनका महानिर्देशक दातुक सेरी मुस्तफार अलीले जानकारी दिएका छन् । उनले अवैधानिक रुपमा आप्रवासी कामदारलाई रोजगारीमा राख्ने रोजगारदाताले सजाय भोग्नुपर्ने बताएका छन् । हालसम्म २८ जना रोजगारदाता समेत पक्राउ परिसकेको उनले प्रष्ट्याएको बर्नामाले जनाएको छ ।
यो पनि पढ्नुहोस् ‘कागजपत्रले दिलायो क्षतिपूर्ति’