
अम्विका दाहाल, खोटाङ, असार २६-
खोटाङस्थित खोटेहाङ गाउँपालिका–९ का नारायण पराजुलीले कुवेतस्थित कम्पनीमा काम गर्दागर्दै दाहिने हातको बुढी औंला गुमाउनुप¥यो । वैदेशिक रोजगारीको शिलशिलामा कुवेतको युनाईटेड इञ्जिनियरिङ जनरल ट्रेडिङ एन्ड कन्ट्रक्सनमामा काम गर्दै गर्दा अचानक औजारमा च्यापिँदा पराजुलीको औंला कामै नलाग्ने गरी बिग्रियो ।
सन् २०१६ को अन्त्यमा कुवेत पुगेका नारायणको औंलाको उपचार तत्कालै कम्पनीले नै गराए पनि काम लाग्ने भएन । त्यसपछि उनी दुर्घटना बिमा बापतको रकम प्राप्त गर्ने प्रक्रियातिर लागे । बीमा रकम प्राप्त गर्नको लागि सो सम्बन्धि कागजात आवश्यक पर्छ भन्ने पराजुलीलाई थाहा थियो । तर उक्त दुर्घटना बीमाको कागजात अस्पताल लैजाने क्रममा ड्राईभरले नै लगेर फिर्ता नगरी कम्पनीलाई बुझाएको थियो ।
कम्पनीबाट पाउनुपर्ने बीमा रकम दावीको लागि आवश्यक कागजात कम्पनीमै रहेपछि पटक–पटक माग्दा पनि नारायणले फिर्ता पाएनन् । ६ महिना बित्दा समेत कागजात नपाएपछि उनले प्रहरीमा रिपोर्ट गर्ने धम्की समेत दिए । तर अझै पनि कम्पनी टसको मस भएन । उनी भन्छन्–‘कम्पनीमा अरु नेपालीबाट कानुनी सल्लाह पाएँ तर नेपाली फोरमेनले चैं उल्टै मलाई दवाब दियो ।’
अन्ततः पाराजुलीले निःशुल्क कानुनी सहायता केन्द्र लगायतको सहयोगमा सबै प्रक्रिया पु¥याएर कम्पनीबाट दुर्घटना बीमा बापतको नेपाली ९० हजार रुपैंयाँ लिएरै छोडेका छन् । ‘जे जति पाउने रकम इन्स्योरेन्स बापतको कुवेतमा पनि पाएँ’ उनले भने‘नेपालमा म्यानपावरको समेत सहयोगले नेपालको बीमा कम्पनीबाट पाउनु पर्ने रकम २ लाख र प्रवद्र्धन बोर्डबाट ३५ हजार पाएँ ।’ उनले आफुले पाउनुपर्ने नियम बमोजिमको सबै रकम संघर्ष गरेरै भए पनि पाएकोमा खुशी लागेको बताए । उनले क्षतिपूर्तिका लागि संघर्ष गर्ने क्रममा सहयोग गर्ने कुवेतस्थीत नेपाली दूतावास, खोटाङ स्थीत सुरक्षित आप्रवासन परियोजनाद्धारा सञ्चालित सुचना केन्द्र लगायतलाई धन्यवाद दिए ।
उनले आफूले कामगजपत्रको फोटोकपी राखेका कारण धेरै सहज भएको बताए । उनी भन्छन् ‘वैदेशिक रोजगारीमा जानेहरुले मैले जस्तै कागजपत्र साथमा राखेर जानुहोला । मलाई कागजपत्रले ठूलो काम गर्यो ।’ पराजुली अढाई महिना अघि कुवेतबाट नेपाल फर्केका हुन् ।