रियाल, दिराम, दिनार सवैको मूल्य बढ्यो, तर बढेन रिंगिट 

 

काठमाडौं, असार २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ १८ पैसा र विक्रि दर ३० रुपैंयाँ ३५ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ९२ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ८ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ३० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४६ पैसा छ । यी सवैको मूल्य बृद्धि भएको हो ।

तर मलेसियन रिंगिटको मूल्य भनें खासै बढेको छैन । रिंगिटको खरिद दर २७ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३५ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६३ रुपैंया ५० पैसा छ भनें विक्रि दर ३६५ रुपैंयाँ ४८ पैसा छ । बहराइन दिनारको खरिददर २९१ रुपैंयाँ ४५ पैसा छ भनें विक्रि दर २९३ रुपैंयाँ ४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् न्यूनतम तलव १४ हजारको आसपासमा सहमति नजिक ट्रेड युनियन र रोजगारदाता   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय