
क्वालालम्पुर, असार २४-
मलेसियाले अवैधानिक रुपमा बसिरहेका लाखौं आप्रवासी कामदार मुलुकको लागि खतरा भएको बताएको छ । मलेसियामा जारी प्रहरी धरपकड रोक्न बार काउन्सीलले आग्रह गरेपछि मलेसियाको अध्यागमन विभागका महानिर्देशक मुस्तफार अलीको यस्तो भनाई सार्वजनिक भएको हो । उनले प्रहरी कारवाही नरोकिने समेत प्रष्ट्याएका छन् ।
मुस्तफारले मलेसियालाई अझै पनि विदेश कामदार चाहिने भन्दै तर अवैधानिक कामदार आवश्यक नभएको र रोजगारदाताहरुलाई पनि कानूनको परिधि भित्र राख्न आवश्यक रहेको बताए । उनले अवैधानिक कामदारको संख्या बढ्दै जाँदा कानून पालना गराउन र सुरक्षा व्यवस्था मजबुत राख्न समस्या हुने बताए ।
“जसले आफैं कानून उल्लंघन गरेका छन् उनीहरुले मुलुकको कानून पालना गराउन खोज्दा प्रश्न गर्ने नैतिकता रहन्न” मुस्तफारको भनाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । उनले आफूहरुले मुलुकको कानून अनुसार काम गर्दा प्रश्न उठाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यो पनि पढ्नुहोस् अवैधानिक कामदार पक्राउ रोक्न र मानव अधिकारको सम्मान गर्न मलेसियन बारद्धारा सरकारलाई आग्रह