
काठमाडौं, असार २२-
बार मलेसिया(वकिलहरुको संगठन)ले सरकारले चलाइरहेको ओपिएस मेगा थ्री अपरेशन तत्काल स्थगित गर्न र मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
म्लेसियन बारका अध्यक्ष जर्ज भर्गेजले एक विज्ञप्ती जारी गर्दै कागजातविहिन (अवैधानिक) हुनुको कारण आप्रवासी कामदार मात्र नहुने र यो उनीहरुको अपराध नभएको भन्दै सरकारलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।
सरकारले अन्य विकल्पहरु खुल्ला नगरिदिएका कारण पनि धेरै आप्रवासी कामदार कागजातविहिन (अवैधानिक) भएर काम गर्न बाध्य भएको भन्दै वर्क परमिट नविकरण, रोजगारीको अवस्थालाई कानूनी बनाउने विकल्प नदिइनु तथा कुनै रोजगारदाताले काम दिन चाहेमा पनि त्यो खुल्ला नहुनुका कारण समस्या सिर्जना भएको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले राम्रोसँग अनुगमन नगरेका कारण शोषणमा परेर काम तथा सुरुवाती रोजगारदाता छोड्न बाध्य बनाइने गरेकोमा बारले सरकारको ध्यानाकर्षण गराएको छ । यसले कामदारलाई बाध्यतावस काम तथा कम्पनी छोड्न बाध्य बनाएको र आतंकित बनाउने काम गरेको भन्दै यो उचित नभएको बारले जनाएको छ ।
मलेसियामा अवैधानिक रुपमा बसिरहेकालाई पक्राउ गर्ने अभियान नरोक्ने सरकारको भनाई, १२ सय पक्राउ
सरकारको अपरेशनले कागजातसहित (बैधानिक रुपमा) बसिरहेका आप्रवासी कामदारलाई समेत त्रसित बनाएको, उनीहरु काममा समेत जान डराएको भन्दै यसले कृषि र निर्माण क्षेत्रमा प्रभाव पारेको जनाइको छ । भिषा र पासपोर्टको फोटोकपी देखाउँदा देखाउँदै प्रहरीको अत्याचार
यसअघि पक्राउ परेकाहरुको स्वास्थ्यमा ध्यान दिन र उनीहरुलाई थुनुवा केन्द्रमा न्यायोचित व्यवहार गर्न बारले आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, पहिलो तीन दिनमा १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको र यसक्रममा कतिपय बैधानिक रुपमा बसिरहेकाहरु तथा शरणार्थीहरु समेत पक्राउ परेको समाचार सार्वजनिक भएको छ ।
यो पनि पढ्नुहोस् श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या