मलेसियालाई नेपालले भन्योः कामदारमाथिको ठगि रोक्न सहयोग गर  

काठमाडौं, असार २२-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मलेसियाका परराष्ट्रमन्त्री दातो सैफुद्दिन अबदुल्लाहलाई नेपाली कामदारबाट अवैध रूपमा भइरहेको असुली रोक्न सहयोगको आग्रह गरेका छन् । टेलिफोनमा भएको कुराकानीका क्रममा मन्त्री ज्ञवालीले सो आग्रह गरे । मलेसियामा नयाँ सरकार गठनसँगै यसअघि नै नेपालले गरिसकेको निर्णयकै आधारमा मन्त्री ज्ञवालीले कामदारसँग धेरै रकम उठाउने कार्य रोक्न सहयोग मागेका हुन् ।

मलेसियाका परराष्ट्रमन्त्री अब्दुल्लाहले पनि कामदारमाथि भइरहेको अतिरिक्त असुलीको विषयमा आफूले गम्भीरताका साथ लिएको प्रतिक्रिया दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मलेसियामा रोजगारीका लागि जाने नेपालीसँग राहदानी संकलन, भिसा प्रोसेसिङ लगायतका नाममा प्रतिव्यक्ति १८ हजार भन्दा बढी उठाउने गरिएको थियो । त्यसलाई वर्तमान सरकारले अवैधनिक ठहर गर्दै रोकिदिएको छ । यसैगरी ति संस्था खारेज गर्दै सञ्चालक समेत पक्राउ परेका थिए । सो मुद्धा हाल अदालतमा विचाराधिन छ । सरकारको सो निर्णय पश्चात हाल मलेसिया जाने कामदारको प्रकृया रोकिएको छ । 

श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय