काठमाडौं, असार १९-
क्वालालम्पुरको कोतराया सपिंग मलमा मेरो एकजना कामदारलाई प्रहरीले समात्यो । त्यहाँ अरु ३ सयजना पनि उनीजस्तै समातिएका थिए । प्रहरीको अपरेशन सुरु हुने हल्लाका कारण मैले मेरो कामदारलाई उसको पासपोर्ट र भिषाको फोटोकपी तथा परिचयपत्र बोक्न लगाएको थिए । मेरी ति कामदारले ति सवै बोकेकी थिइन र उनले प्रहरीलाई ति कागज देखाएकी पनि थिइन् । तर प्रहरीले ति कागजपत्रलाई गम्भीरतापूर्वक हेर्दै हेरेन । जवर्जस्ती उनलाई गाडीमा हालियो ।
गाडीमा उनलाई पशुलाई जस्तै गरेर हालियो । उनलाई घण्टौंसम्म पानी समेत पिउन नदिइ राखियो । पक्राउ परेका सवैको हालत एकै थियो । मेरो कम्पनीमा काम गर्ने ति फिलिपिनो महिलालाई अन्य १० जनासँगै हथकडी लगाएर राखिएछ । उनीहरु सवैलाई अवैधानिक रुपमा मलेसियामा कार्यरत रहेको आशंका गरिएको थियो । उनीहरु सवैलाई एकजनाको हात अर्कोजनासँग जोडेर १० जनालाई हथकडी लगाइएका कारण शौचालय जाँदासमेत समुहमै जानु पर्ने बाध्यता थियो ।
होष्टल(होष्टल पसेर अवैधानिक कामदार खोज्दै प्रहरी, मलेसियाका संस्थाद्धारा विरोध (तस्वीरहरु)
उनीहरुलाई मलेसियाको अध्यागमन कार्यालय लगियो । त्यहाँ बैधानिक रुपमा मलेसियामा कार्यरत ति कामदारका रोजगारदाताहरु उपस्थीत थिए । म पनि त्यहिं थिएँ । त्यहाँ सवैले पक्राउ परेका आफ्ना कामदारको सक्कली कागजपत्र लिएर आएका थिए । हामीले पक्राउ परेका आफ्ना कामदारहरुसँग र अध्यागमनका उच्च तहमा कार्यरत कर्मचारीहरुसँग कुरा गर्न प्रयास गर्यौं । तर हाम्रो त्यो अनुरोध सुनिएन ।
मेरो सहयोगी जो पक्राउ परेकी थिइन्, उनी १० बर्षदेखि मेरो कम्पनीमा काम गर्दथिन् । उनले कहिल्यै पनि अवैधानिक भएर काम गरिनन् र उनको व्यवहार मित्रवत छ । त्यसैले उनी हाम्रो कम्पनीको एउटा असल सदस्य हुन् ।
मलेसियाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन,’ईल्लिगल’ बस्नेलाई पक्राउ अभियान सुरु
प्रहरीको हिरासतबाट रिहा हुँदा उनको हातमा हथकडीले बनाएको रातो डामैडाम थियो । उनको हातमा कुनै अपराधीलाई जस्तै मार्करले लेखिएको थियो । हो, मलाई थाहा छ प्रहरीले किन यो अपरेशन सुरु गर्यो । तर यसको अर्थ यो होइन की बैधानिक रुपमा मलेसियाको कानून अनुसार काम गरिरहेका कुनै विदेशी कामदारलाई यो स्तरको अत्याचार हुँदा पनि चुप लागेर बस्नु पर्छ । उनीहरुलाई यति तल्लोस्तरको दुव्र्यवहार हुनु निन्दनिय छ ।
(Freemalaysiatoday.com मा प्रकाशित एक मलेसियाली रोजगारदाता Lynn Townley को अनुभव भावार्थ अनुवाद)
मलेसियामा भइरहेको प्रहरी धरपकड तत्काल रोक्न माग
