धेरै रकम असुलेर मलेसिया र युएई पठाउने मेनपावर कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, असार १०-

धेरै रकम असुलेर बैदेशिक रोजगारमा पठाउने एक मेनपावरका दुई जना सञ्चालक पक्राउ परेका छन् । फ्रिभिसा, फ्रिटिकटमा पठाउनु पर्ने कामदारसँग १ लाख देखि साढे चार लाखसम्म असुलेर पठाएको अभियोगमा महानगरीय अपराध महाशाखा, टेकुले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौंको बसुन्धरामा रहेको उपहार ह्युमन रिसोर्स प्रालीबाट मलेसिया जनरल वर्कर तथा अवुधावीमा पिएसएस सेक्यूरिटी गार्डमा पठाउने नाममा धेरै रकम उठाएको उजुरीका आधारमा सो मेनपावरका सञ्चालकहरु पक्राउ परेका हुन् । उनीहरुले मलेसिया पठाउँदा १ लाख तथा युएई पठाउँदा साढे चार लाखसम्म रकम असुलेर पठाउने गरेको उजुरी परेको थियो ।

प्रहरीको टोलीले चुडा बहादुर कार्की र खगराज दाहाललाई पक्राउ गरेको हो । प्रहरी टोलीले उपहार ह्युमन रिसोर्स सेण्टरबाट नगद १० लाख २३ हजार, २ सय ९८ वटा पासपोर्ट लगायत बरामद गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् डलरको भाउ बढ्दै जाँदा यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय