काठमाडौं, असार १०-
धेरै रकम असुलेर बैदेशिक रोजगारमा पठाउने एक मेनपावरका दुई जना सञ्चालक पक्राउ परेका छन् । फ्रिभिसा, फ्रिटिकटमा पठाउनु पर्ने कामदारसँग १ लाख देखि साढे चार लाखसम्म असुलेर पठाएको अभियोगमा महानगरीय अपराध महाशाखा, टेकुले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौंको बसुन्धरामा रहेको उपहार ह्युमन रिसोर्स प्रालीबाट मलेसिया जनरल वर्कर तथा अवुधावीमा पिएसएस सेक्यूरिटी गार्डमा पठाउने नाममा धेरै रकम उठाएको उजुरीका आधारमा सो मेनपावरका सञ्चालकहरु पक्राउ परेका हुन् । उनीहरुले मलेसिया पठाउँदा १ लाख तथा युएई पठाउँदा साढे चार लाखसम्म रकम असुलेर पठाउने गरेको उजुरी परेको थियो ।
प्रहरीको टोलीले चुडा बहादुर कार्की र खगराज दाहाललाई पक्राउ गरेको हो । प्रहरी टोलीले उपहार ह्युमन रिसोर्स सेण्टरबाट नगद १० लाख २३ हजार, २ सय ९८ वटा पासपोर्ट लगायत बरामद गरेको जनाएको छ ।
यो पनि पढ्नुहोस् डलरको भाउ बढ्दै जाँदा यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य
