मलेसियाको रोजगारीमा बंगलादेशी कामदारलाई बन्देज

काठमाडौं, असार ८- 

मलेसियाको रोजगारी पुनः बंगलादेशी कामदारका लागि बन्द भएको मानव तस्करहरुले धेरै रकम असुलेर बंगलादेशी कामदार लैजाने गरेको रिपोर्ट सार्वजनिक भएसँगै मलेसियामा पुनः बंगलादेशी कामदार जान नपाउने भएका हुन् यसअघि पनि मलेसियाले बंगलादेशी कामदार लिन बन्द गरेपछि नेपाली पासपोर्टमा बंगलादेशी नागरिकहरु उड्ने गरेका थिए

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियामा बंगलादेशी कामदार ल्याउने प्रक्रिया तत्काललाई बन्द गरिएको बताएका छन् उनले बंगलादेशको सिन्डिकेटले श्रमिकको शोषण गर्दै मानवतस्करी गरिरहेको आरोप लागेकाले सो अरोपको छानबिन पुरा नभएसम्मका लागि बंगलादेशी कामदार लिन बन्द गरिएको जनाएका छन्

मलेसियाको यसअघिको सरकारले तीन बर्षभित्र १५ लाख बंगलादेशी कामदार लिने भन्दै सम्झौता गरेको थियो नेपालले फ्रिभिसा, फ्रि टिकटमा मात्र कामदार पठाउने निर्णय गरेपछि त्यसलाई निस्तेज बनाउने उद्धेश्यले बंगलादेशका मानव तस्करहरु, धेरै रकम असुलेर कामदार पठाउनेहरु तथा मलेसियाको सरकारसँग नजिक रहेर कामदारको शोषण गर्न पल्केकाहरुले सो निर्णय गराएका थिए

यो पनि पढ्नुहोस् मलेसिया, साउदी, कतार युएका ६४ वटा कम्पनी कालो सूचीमा, सय ९७ मेनपावर कम्पनीको लाइसेन्स खारेज

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय