जो लाखौं कमाउँछन्, ९ जनालाई रोजगारी दिएका छन्

चन्द्र राई-

जव मैले २०५९ सालमा एसएलसी उत्तिर्ण गरें त्यसपछि उच्च शिक्षा अध्ययन गर्न मैले काठमाडौंलाई रोजें मेरो घरको आर्थिक अवस्था उति धेरै राम्रो थिएन त्यसैले काम गर्दै पढ्नु पर्ने आवश्यकता थियो काम खोज्ने क्रममा काठमाडौंमा मैले धेरै नै हण्डर खेपें मेरो एकजना दाई वेल्डिङ फेव्रिकेशनको काम गर्नुहुन्थ्यो उहाँले यो भन्दा सजिलो काम खोजिदिन निक्कै प्रयत्न गरेपनि सक्नु भएन त्यसैले अन्ततः दाजुसँगै वेल्डिङ फेब्रिकेशनको काममा लागें

अध्ययनको उद्धेश्य राखेर काठमाडौं आएको थिए त्यसैले मलाई काम जुनसुकै होस् त्यसले खास फरक पारेन त्यसैले मैले काम अध्ययनलाई सँगसँगै अगाडी बढाएँ काम सुरु गरिसकेपछि मलाई यसको दायरा निक्कै फराकिलो रहेछ भन्ने ज्ञान भयो यसमा भविष्य रहेछ भन्ने कुरा मैले विस्तारै बुझ्दै गएँ सुरुमा कसरी काठमाडौंमा बाँच्ने भेर लागेको थिएँ तर काम गर्दै गएपछि मैले यसैलाई पेशाको रुपमा अगाडी बढाउने निधो गरें जति पढ्दै गएँ मेरो कामप्रतिको आत्मसम्मान पनि बढ्दै गयो । व्यवसायसँगै मैले स्नातकोत्तर तहसम्म अध्ययनलाई पुर्याएको छु । 

मेरा थुप्रै साथिहरु एसएलसी सक्ने वित्तिकै कमाउन अरव गए तर नेपालमा नै पढाईलाई अगाडी बढाउने निधोले यो काममा लागेको थिएँ त्यसैले कामप्रति लगनशील भएर लागें काम गर्दै गएपछि मैले सीटीईभीटीबाट सीप परिक्षण गराएर प्रमाणपत्र लिएँ यसरी मेरो यहि पेशामा स्थायीत्व भयो

थुप्रैले भनेको सुन्छु नेपालमा रोजगारी नै छैन भनेर तर यत्रतत्र सर्वत्र रोजगारी नै रोजगारी देख्छु गर्ने मान्छेलाई नेपालमा धेरै अवसर हाम्रो बानी कस्तो भयो भनें अरुले ठिक्क पारिदिएको काममा जागिर खान मात्र जाने अर्को कुरा हामी नेपाली अलिकति पढेपछि यस्तो सीपमूलक काम गर्नै हुन्न भन्ने ठान्दछौं यसले हामीलाई रोजगारीको क्षेत्रमा खुम्च्याउने काम गरिरहेको यहाँ यस्तै काममा मनग्गे पैसा अहिलेसम्म यहि कामबाट मज्जले बाँचिरहेको छु मसँग अहिले जना रोजगारीमा हुनुहुन्छ उहाँहरुको पनि जीवनयापन यहि कामबाट भइरहेको दुई तीन बर्षदेखि मसँगै उहाँहरु काम गरिरहनु भएको यसले उहाँहरु काम कमाईबाट सन्तुष्ट हुनुहुन्छ भन्ने नै प्रष्ट हुन्छ । कमाई राम्रो छ । मसँग काम गर्ने ९ जनालाई क्षमता अनुसारको तलव दिएको छु । बस्ने ठाउँको पनि व्यवस्था पनि मिलाएको छु । 

मेरो अनुभवमा जागिर भन्दा पनि उद्यम गर्नु साह्रै राम्रो रहेछ मैले छोटो समय मात्र अरुकोमा काम गरें त्यसपछि दाजु मिलेर एउटा कारखाना सुरु गर्यौं काम थपिंदै गएपछि आपसी सल्लाहमा नै मैले नयाँ कारखाना सुरु गरें अहिले पनि एकापसको काममा हामी सघाइरहेका छौं यो १५ बर्षमा मैले स्वरोजगार भएर गरेको अनुभवले नेपालमा उद्यम गर्नु राम्रो हो भन्ने निश्कर्ष

हामीले कुनै पनि सीपमूलक व्यवसाय गरें भनें त्यसमा चाहिं मान्छेले विज्ञता हासिल गर्नुपर्दछ भन्ने मेरो विचार हो एउटै काममा मान्छे लगनशील भएर निरन्तर रुपमा अगाडी बढ्यो भनें पक्कै सफलता हासिल गर्न सकिन्छ यो मेरो विश्वास हो हामीले गर्ने जुनसुकै काम होस्, चाहे त्यो वेल्डिङ फेब्रिकेशनको काम होस्, चाहे कार्पेन्ट्रीको काम होस् वा प्लम्विङको काम होस् त्यसलाई हामीले सम्मान गर्न सक्यौं भनें हामीलाई आत्मसम्मान मिल्ने हो श्रम प्रतिको सम्मानलाई स्थापित गर्नुपर्दछ यहि नै मेरो उद्धेश्य हो पैसा आउँछ नै । 

अहिले लाखौं नेपाली युवा विदेशमा काम गरिरहनु भएको तपाईहरु विदेशमा गएर हण्डर खाएर खारिएको मान्छेले स्वदेश फर्केर कुनै व्यवसाय सुरु गर्नुभयो भनें झन सफल हुनुहुन्छ किनकी विदेशमा जति अप्ठ्यारो हुन्छ, त्यसको तुलनामा नेपालमा धेरै सजिलो बैदेशिक रोजगारले छानो फेरिएला, तर त्यसले परिवारमा ल्याएको समस्या त्यो भन्दा ठूलो कतारमा तपाई ४० हजार कमाउनु हुन्छ नेपाल फर्केर २० हजार नै कमाउनु भयो भनें पनि त्यहि २० हजारले जित्छ भन्ने मलाई लाग्दछ किनकी यहाँ तपाईसँग पैसा मात्र होइन, परिवार पनि तपाईसँगै हुन्छ विदेशमा तपाई निश्चित केहि बर्ष दुःख गरेर नेपाल फर्किनै पर्दछ तर नेपालमा कुनै काम सुरु गर्नु्भयो भनें त्यो दिगो हुन्छ त्यसैले नेपाल नै फर्किनुहोस् हामी यहि काम गरिरहेका छौं तपाईंलाई पनि यहाँ सम्भावनाले पर्खिरहेको    

(ललितपुरको महालक्ष्मी स्थानमा वेल्डिङ फेब्रिकेशनको आफ्नै व्यवसाय गरिरहेका राईसँग सुनौलो मौका रेडियो कार्यक्रमका लागि गरिएको कुराकानीमा आधारित यो सामग्री जेठ २४ गते प्रकाशित भएको हो )  

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय