मृत्युदण्डबाट छोरो बचाई दिन हारगुहार

काठमाडौं, जेठ २३-

भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ उसलाई फाँसी दिइँदै भन्ने सुनेका छौं कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् हाम्रो एउटै छोरो हो

महोत्तरीको औरही नगरपालिका की गीतादेवी चौधरी श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् कतिखेर भगवान् पुकारिरहेका हुन्छन्

चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार गएका अनिल चौधरीलाई त्यहाँको अदालतले गोली हानेर मृत्युदण्ड सुनाएपछि उनको परिवार अहिले चिन्तामा डुबेको

२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो उनी जेल परेको १५ महिना भइसक्यो

अनिललाई मृत्युदण्ड सुनाइनुअघि सामान्य झगडा हुँदा जेल परेको परिवारको अनुमान थियो जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे आफूले केही नगरेको जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो

तर केही समययता अनिलको गाउँमा सन्नाटा छाएको परिवार, इष्टमित्र, गाउँसमाज सबै चिन्तामा परेका छन् चौधरी दम्पतीका दुई छोरी एक छोरा छन् दुई छोरीको बिहे भइसक्यो उनीहरू आआफ्नो घर गरी बसेका छन् आफूहरूको एउटै आशाभरोसा छोरालाई मृत्युदण्ड सुनाइएपछि बुढेसकालमा सहारा दिने लठ्ठी भाँचिएको बुबा श्यामकिशोरले बताए छोराले कमाएर पठाउँथ्यो’, उनी भक्कानिए भने, ‘हामी बूढाबूढीको मुखमा अन्न पथ्र्यो अब के होला हामी हाम्रो छोराको अवस्था ? केही सोच्नै सकेका छैनौं

जेलमा छोरासँग अहिले पनि कुरा हुन्छ तर फोनमा बोलिरहँदा अनिल पनि भक्कानिन्छन् बाँच्दिनँ, स्वदेश फर्किन पनि पाउन्नँ भन्दै फोनमा छोराले सुनाउँछ,’ बाबु श्यामकिशोरले भने, ‘त्यसैले उसको आत्मबल बढाउन मन कठोर पारेरै भए पनि हाँसेर कुरा गर्छौं ऊसँग फोनमा कुराकानी गर्दा रुने अवस्था रहन्न हामी नै रोयौं भने छोरो त्यत्तिकै रुन्छ

त्यसैले श्यामकिशोरले अहिले पुकार गरिरहेका छन्, नेपाल सरकार भगवानलाई पनि सुबह साम नेपाल सरकार भगवान्सँग पुकारा गरिरहेको छु’, उनले भने, ‘छोरालाई जसरी पनि फर्काइदिनुस् बरु मसँग भएको सबै धनसम्पत्ति सरकारले लेओस् तर छोरालाई मृत्युदण्डबाट उतारिदेओस् यो समाचार अन्नपूर्ण पोष्टमा राजकरण महतोले लेखेका हुन्

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय