
काठमाडौं, जेठ २०-
रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरुलाई अब सीप दक्षताको परीक्षण पनि गरिने भएको छ ।
सन् २०१९ देखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनौट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परीक्षा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिक्ताको आधारमा अन्तिम छनौट गरिने छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनौट गर्दै आएका थिए । कान्तिपुरबाट