भिषा बेचेको अभियोगमा एक नेपालीलाई सजाय

 

काठमाडौं, जेठ १९-

भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ ।

अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको  नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ ।

पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् । कान्तिपुरबाट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय