मलेसियामा मृत्यु भएका भाइको शव लिएर जाँदै गर्दा दाजुको पनि मृत्यु

काठमाडौं, जेठ १६-

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गरेका एक व्यक्तिको पिकअप गाडीबाट खसेर मृत्यु भएको छ । पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा भएको दुर्घटनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । 

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनी गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको थियो ।

घटनापछि गाडी र चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताए । रासस 

विदेशबाट आउनेले ल्याउन पाउने काँचो सुनको परिमाण बढ्यो

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय