मलेसियामा मृत्यु भएका भाइको शव लिएर जाँदै गर्दा दाजुको पनि मृत्यु

काठमाडौं, जेठ १६-

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गरेका एक व्यक्तिको पिकअप गाडीबाट खसेर मृत्यु भएको पाँचथरको हिलिहाङ भारपाको टारीमा भएको दुर्घटनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको हो

प्रहरीका अनुसार बा १७ ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । 

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनी गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडी दुर्घटनाबाटै ज्यान गएको थियो

घटनापछि गाडी चालकलाई जोरपोखरी प्रहरी चौकीले नियन्त्रणमा लिएको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक वामदेव गौतमले बताए रासस 

विदेशबाट आउनेले ल्याउन पाउने काँचो सुनको परिमाण बढ्यो

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय