नेपाली ठग्नेलाई तह लगाउने मन्त्री विष्टको प्रतिवद्धता, कामदारसँग रकम उठाउन कुनै हालतमा नदिइने

 

काठमाडौं, जेठ १४-

रोजगारीका लागि मलेसिया जाने कामदारहरुसँग विभिन्न नाममा रकम उठाउँदै आएकाहरु प्रति गरिएको कारवाही जारी रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् उनले अन्तराष्ट्रिय कानून तथा नेपालको कानून विपरित रकम उठाउने छुट कसैलाई नभएको बताए

रोजगारीका लागि मलेसिया जाने कामदारसँग भिएलएन, माइग्राम, वान स्टेप सेण्टर लगायतका नाममा गरी प्रतिव्यक्ति झण्डै १८ हजार उठाउने गरिएकोमा त्यसलाई रोक्न सरकारले कडा कदम चालिसकेको ति संस्थालाई अवैध घोषणा गर्दै सरकारले सो कार्य बन्द गरिदिएको भिएलएन तथा वान स्टेप सेण्टरका प्रमुख राम श्रेष्ठलाई प्रहरीले पक्राउ नै गरिसकेको भनें केहि व्यवसायी फरारको सूचिमा छन् उनीहरुलाई प्रहरीले खोजि गरिरहेको

“कानूनले नदिएको अन्तराष्ट्रिय कानून विपरित रकम उठाउने कार्यलाई राज्यले टुलुटुलु हेरेर बस्दैन” मन्त्री विष्टले भने “त्यसैले यसअघि गरिएको निर्णय कडाईका साथ लागु हुन्छ ।” यसले परिस्थीति केहि समयका लागि तरंगित भएपनि चलिआएको बेथिति गरिव नेपाली श्रमिक ठग्ने कार्य बन्द हुनै पर्ने उनलेबताए राज्यले कुनै पनि बहानामा चलाइने अवैध धन्दा बन्द गराउँछ मन्त्री विष्टको भनाई थियो मन्त्री विष्टले कुनै पनि काम नेपालको बैदेशिक रोजगार ऐन अनुरुप हुनुपर्ने भन्दै त्यस विपरित काम गर्ने छुट कसैलाई नभएको बताए

उनले मलेसियासँग पनि यसबारेमा कुटनीतिक च्यानल मार्फत संवाद भइरहेको बताए मलेसियास्थीत नेपाली दूतावासले सम्वन्धित निकायसँग नेपालको पछिल्लो निर्णयको जानकारी गराइसकेको भन्दै आफूले पनि नेपालस्थीत मलेसियाली दूतावासका कार्यवाहक राजदूतसँग कुराकानी गरेको बताए

यसैबीच सोमवार(आज) परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थीत मलेसियाली दूतावासका हेड अफ मिसन( कार्यवाहक राजदूत) अहमद फादिल स्माइललाई मन्त्रालयमा भेट गरी यस विषयमा छलफल गरेका छन् दुई देशबीचको विषय भएका कारण अवैधानिक संस्था मार्फत भइरहेको असुली रोक्न नेपालको परराष्ट्र मन्त्रालय मार्फत पहल हुनु पर्दछ सोही सिलसिलामा मन्त्री ज्ञवालीले स्माईलसँग भेट गरेका हुन्

यो पनि पढ्नुहोस् नेपाली श्रमिकको तलव बैंक खातामा अनिवार्य, सञ्चयकोष पनि काट्नु पर्ने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: