नेपाली श्रमिकको तलव बैंक खातामा अनिवार्य, सञ्चयकोष पनि काट्नु पर्ने 

काठमाडौं, जेठ १४-

सरकारले नेपालमा कार्यरत श्रमिकको तलव अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको आइतवार मन्त्री परिषद बैठकले पारित गरेको श्रम नियमावली २०७५ मा सो व्यवस्था गरिएको नियमावली कार्यान्वयनमा गएसँगै श्रमिकको तलव भुक्तानी बैंक खातामा जम्मा गर्नुपर्नेछ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसले श्रमिकको न्याूनतम पारिश्रमिक, कानुनले तोकेका अन्य सुविधाको ग्यारेण्टी गर्न यस्तो व्यवस्था गरिएको बताए उनका अनुसार यस बारेमा नेपाल राष्ट्र बैंक लगायत अन्य बैंकहरुसँग धेरै चरणमा छलफल गरेर यो व्यवस्था गरिएको हो

यसैगरी नियमावलीले सञ्चयकोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धि कानून लागु नभएसम्म आफूले काममा लगाएका श्रमिकको सञ्चयकोष वापतको रकम सञ्चयकोष, स्वीकृत अवकाश कोष वा आफैंले छुट्टै खाता खोलेर रोजगारदाताले राखनु पर्ने व्यवस्था नियमावलीले गरेको

नियमावलीले पहिलो पटक श्रम अडिटको व्यवस्था गर्नुका साथै घरेलु कामदारका लागि पनि विशेष व्यवस्था गरेको नियमावली अनुसार घरेलु कामदारले बर्षमा १२ दिन तलवी विदा पाउने तलवी साप्ताहिक विदाको ग्यारेण्टी गरेको सो समयमा काममा लगाएमा अतिरिक्त पारिश्रमिक भुक्तानी गर्नुपर्नेछ

यो पनि पढ्नुहोस् पीडितलाई धम्क्याउँदै मेनपावर कम्पनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: