पीडितलाई धम्क्याउँदै मेनपावर कम्पनी

प्रभातकुमार मिश्र, जनकपुर, जेठ १४-

बैदेशिक रोजगारमा काम तलव फरक परेर फर्केका एक पीडितलाई उल्टै मेनपावर कम्पनीले नै धम्क्याइरहेको पाइएको नेपालमा भने अनुसार काम तलव नपाएपछि स्वदेश फर्केर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गर्दा उल्टै मेनपावर कम्पनीले नै धम्की दिएको हो

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरैयाका राकेशकुमार महरा रोजगारीका क्रममा कतार गएका थिए उनी टायल मेसनको काममा मासिक १५ सय रियाल (१२सय न्यूनतम तलव तथा सय खाना खर्च) को सहमतिमा कतार गएका हुन् तर कतार पुगेपछि आफूलाई लेवरको काममा लगाइएको तलव पनि मासिक जम्मा सय रियाल दिइएपछि डेढ महिनामा नै महरा नेपाल फर्किएका थिए  “मैले त्यहाँ दिएको  काम नै गर्न सकिन” महराले भने “मलाई नेपालमा भने अनुसारको तलव नपाएपछि घर फर्किएँ ।”

उनी अलितक्वान मेनपावर कम्पनी मार्फत कतार पुगेका थिए उनी काम गर्न पुगेको कम्पनीकोे नाम बी फाइभ ट्रेडिङ एण्ड कन्ट्राक्टिङ हो महरालाई अलितकान मेनपावर कम्पनीले नै दुईवटा सम्झौता पत्र बनाएर पठाएको थियो उनलाई सुरुमा टायल मेसनको सम्झौता पत्र दिइएको भएपनि अर्को सम्झौतापत्र लेवरको पनि दिइएको बैदेशिक रोजगार ऐन अनुसार यसरी दुईवटा सम्झौतापत्र दिनु कसुर हो यसमा पीडितलाई फरक परेको तलव बरावरको रकम क्षतिपूर्ति तिर्नुपर्ने सरकारी जरिवाना समेत हुन्छ

नेपाल फर्किएपछि महराले आफूले तिरेको रकम फिर्ता गरिदिन आग्रह गर्दा उल्टै मेनपावर कम्पनीका सञ्चालकले धम्की दिएका छन् । “तँ अर्को देश जाने भए केहि हेरिदिउँला, अन्यथा जहाँ गएर जे गरेपनि केहि हुन्न” अलितक्वानका एक व्यक्तिको भनाई उध्रित गर्दै महराले भने “मैले तिरेको लाख फिर्ता लिन अहिले प्रयास गरिरहेको छु ।”

उनले आफ्नो रकम फिर्ता गराइदिन जनकपुरस्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् सुचना केन्द्रको पहलमा गरिएको छलफलमा महरालाई बैदेशिक रोजगारमा पठाउने एजेण्ट श्याम यादवले ६० हजार रकम फिर्ता गर्ने सहमति जनाएपनि मेनपावर कम्पनीले भनें कुनै रकम नदिने भन्दै उल्टै धम्की दिएको हो एजेण्ट यादवले आफूले वल्र्ड लिंक नामको मेनपावर कम्पनीमा महराको पासपोर्ट बुझाएको तर अर्को मेनपावर कम्पनीबाट कसरी महराको श्रम स्वीकृति निस्कियो भन्ने आफूलाई थाहा नभएको बताएका छन् पीडितको निवेदनलाई अव बैदेशिक रोजगार विभागमा पठाउने तयारी सुचना केन्द्रले गरेको  

यो पनि पढ्नुहोस् छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय