केहि घट्यो रिंगिट, रियाल, दिराम र दिनार     

  

काठमाडौं, जेठ १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साताको पहिलो दिन आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७० पैसा र विक्रि दर २९ रुपैंयाँ ८७ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३२ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य पुनः केहि घटेको हो ।

यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंया ८१ पैसा छ भनें विक्रि दर ३५९ रुपैंयाँ ८१ पैसा छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर २८७ रुपैंयाँ ९६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् मलेसिया जान बन्द, रोकियो पूर्व स्वीकृति पनि

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय