अमेरिकी डलरसँगै आकाशिंदै रियाल, दिराम, दिनार र रिंगिटको मूल्य, नेपाली कामदारलाई फाइदा     

काठमाडौं, जेठ ९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८२ पैसा र विक्रि दर २९ रुपैंयाँ ९८ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७२ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ११ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५२ पैसा छ । झण्डै साढे दुई बर्षपछि रिंगिटको मुल्य निरन्तर बढिरहेको छ । यसले मलेसियामा कार्यरत नेपालीको आम्दानी बृद्धि हुन्छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५९ रुपैंया ३३ पैसा छ भनें विक्रि दर ३६१ रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २८९ रुपैंयाँ १२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस्  युएईमा हराएको छोरा खोजिदिन आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय