सरकार आक्रामक, भिएलएन र वान स्टप सेण्टरका सञ्चालक पक्राउ

काठमाडौं, जेठ ६-

सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार पार्ने काममा संलग्न व्यवसायीलाई पक्रेको छ । भीएलएन र वानस्टप सेन्टरका नाममा रकम उठाइरहेका राम श्रेष्ठलाई प्रहरीले पक्रेको हो । भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठको संस्थाले मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा २८ सय रुपैयाँ असुल्दै आएको थियो । गत हप्ता श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नेपाल सरकारको कुनै अनुमति नलिई नेपाली गरिव श्रमिक ठग्ने कार्यमा संलग्नहरुलाई कारवाही सुरु हुने चेतावनी दिएका थिए । यसरी नै मलेसिया जाने कामदार माथि आर्थिक शोषण गर्ने कार्यमा संलग्न कैलाश खड्का लगायत भनें हालसम्म पक्राउ परेका छैनन । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय