काठमाडौं, जेठ ३-
ओमानका सरकारी कार्यालयहरुमा घरेलु कामदारको भिषामा रोजगारीमा जान लगाइएको रोकलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खुल्ला गरेको छ । मन्त्रीस्तरिय निर्णयबाट श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले यसलाई खुल्ला गरेका हुन् ।
मन्त्रालयले ओमानस्थीत रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा बगैंचे, सवारी चालक, हेल्पर, बारटेण्डर, कृषि श्रमिकका पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी खुल्ला गरिएको हो । मन्त्रालयको सो निर्णयले थुप्रै नेपाली कामदार लाभान्वित हुने ओमानस्थीत नेपाली दूतावासले जनाएको छ ।
यो पनि पढ्नुहोस् श्रम मन्त्रालयद्धारा मलेसियाले लगाएको सिण्डिकेट हटाउने निर्णय, कामदारको १८ हजार जोगिने
