रञ्जना लम्साल, कावासोती, बैशाख २८-
आप्रवासी कामदार हकहित संरक्षण मञ्च नगर समिती कावासोतीको आयोजनामा अन्तरक्रिया तथा समिती बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।
हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मधर्नियाले बैदेशिक रोजगारी नेपालीहरुको रहर भन्दा पनि बाध्यता भएकाले यसलाई ब्यबस्थीत गर्न स्थानिय सरकार लागि पर्ने बताए ।
उनले अव नगरपालिकालाई ठगी मुक्त र सीपयुक्त बैदेशिक रोजगार बनाउन आफुहरुले काम गरिरहेको र बिभिन्न तालिम संचालन गर्न लागिएको वताए । उनले नेपालमा बसेर काम गर्ने वातावरण बनाउन बिभिन्न रोजगारीको अवसर सिर्जना गर्न आफ्हरुले योजना वनाएर काम गरिरहेको बताए ।
यसैगरि सामी परियोजनाका जिल्ला संयोजक उमाकला शर्माले बैदेशिक रोजगारीको सवाल सबैको साझा सवाल भएकाले उनीहरुको हक हितका लागि अन्तसम्म लागि पर्न पनि अप्रवासी कामदारको संगठन आवश्यक रहेको बताइन् । उनले कामदारको पक्षमा आवाज उठाउन पनि मञ्च आवश्यक रहेकोमा जोड दिइन् ।
हिकोडेफका कार्यकारी निर्देशक शुरबिर स्थापितले बैदेशिक रोजगारीमा ब्याप्त समस्या र सरकारको निति कार्यन्वयनमा हकहित संरक्षण मञ्च लागि पर्नु पर्ने बताए । उनले बैदेशिक रोजगारीमा रहेको सिन्डीकेट तोड्न पनि हकहित संरक्षण मञ्चले सकृयता देखाउनुपर्ने जिकिर गरे ।
कार्यक्रमा एनआरएन कतारका सदस्य युवराज पाठकले बैदेशिक रोजगारीको अवस्था बिकराल रहेको र धेरै समय पश्चात पनि बैदेशिक रोजगारीमा नेपाली कामदारको अवस्था अत्यन्तै दर्दनाक रहेको भन्दै बिदेश जाने कामदार बिना सीप र नबुझि जाने कारणले वैदेशीक रोजगार सुरक्षित हुन नसकेको बताए ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चले हालसम्म गरेको महत्वपुर्ण काम र सिकाईका बारेमा जिल्ला उपाध्यक्ष युवलाल तिवारीले प्रष्ट पारेका थिए भने कार्यक्रको उद्देश्यका बारेमा जिल्ला सदस्य रामु भुषालले जानकारी गराएका थिए ।
कार्यक्रममा कावासोती नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु लगायतको सहभागिता थियो । भेलाले खुमकान्त गौडेलको अध्यक्षतामा ९ सदस्यीय नगरपालिका स्तरिय समिती बिस्तार गरेको छ ।
विदेशमा मन मिल्यो, नेपालमा सुरु भयो सामुहिक व्यापार
