विदेशमा मन मिल्यो, नेपालमा सुरु भयो सामुहिक व्यापार

निर्वाचन राई, काठमाडौं-

रोजगारीको शिलशिलामा विदेशमा लामो समयसम्म हामीले काम गर्यौं त्यसबाट हामीले के अनुभव गर्यौं भनें विदेशमा हामीले दुःख गरेर कमाएको पैसालाई मात्र नेपालमा हेरिन्छ नेपाली युवा विदेश जाने भनेको नेपालमा केहि गर्न नसक्ने भएर मात्र जाने भन्ने नेपालमा एउटा हेराई हामी विदेश जाने भनेको अवसर नपाएर अवसर खोज्दै जाने स्वभाविक नै हो हामी विभिन्न मुलुकमा पुगिसकेपछि त्यहाँ हामीले पैसा कमाउनेसँगै हामीले गरेको कामको केहि केहि सीप पनि सिकेर फर्किन्छौं त्यसैले हामीले विदेशमा सिकेको सीप नेपालमा गएर देखाउनु पर्छ भनेर सल्लाह गर्यौं मैले धेरै साथिहरुसँग यस बारेमा छलफल गरें साथिहरुले सकारात्मक रुपमा लिनुभयो

यसरी हाम्रो विचार मिलिसकेपछि हामीले कमाएर घरखर्च चलाएर बचेको जे जति रकम त्यसलाई नै लगानी गरेर आयमुलक काम मुख्य कुरा भनेको स्वरोजगार हुने लक्ष्य राख्यौं त्यहि उद्धेश्य अनुरुप हामीले महानगर सुपरमार्केट सुरु गरेका हौं

हामीलाई लगानी जुटाउन समस्या नै थियो किनकी हामी कोहि पनि धेरै पैसावाला भएर यो काम गरेका होइनौं हामी एउटा काममा निश्चित तलव तोकिएर काम गर्न गएका हौं त्यसैले हामी सवैले आफूले कमाएको रकमबाट जसोतसो निश्चित रकम छुट्याएर यो व्यवसाय सुरु गरेका हौं

ठूलो समुह चलाउन सजिलो पक्कै पनि छैन हामी नेपाली लगानी गर्नासाथ त्यसको प्रतिफल खोज्ने गर्छौं अर्को भाषामा भन्दा हाताहाती भनेजस्तै यो हाम्रो नेपालको संस्कार, अभ्यास नै हो अर्को कुरा समुहमा काम गर्ने कुरा नेपालमा भर्खरै मात्र सुरु भएको फेरी हाम्रो ठूलो लगानी कसैको होइन हामी आफूले मेहनत गरेर, पसिना बगाएर कमाएको रकम मध्ये घरखर्च चलाएर बाँकी बचाएको रकम लगानी गरेका हौं

यदि तपाई विदेशमा काम गर्दै हुनुहुन्छ नेपाल फर्केर काम गर्ने रुचि राख्नुहुन्छ भनें सवैभन्दा पहिले के गर्ने हो किन गर्ने हो भन्ने प्रष्ट दृष्टिकोण बनाउनुहोस् त्यसपछि समुह बनाएर काम गर्दै हुनुहुन्छ भनें एकअर्कालाई विश्वास गर्ने वातावरण हुनुपर्दछ त्यति गरेर कुनै काम सुरु गर्नुभयो भनें धैर्य पनि गर्न सक्नुपर्छ काममा निरन्तरता हुनु पर्दछ मैले नेपालमा सम्भावना धेरै देख्छु नेपालमा

विदेशमा काम गरिरहेका साथिहरु, आफू काम गर्ने ठाउँमा अनुशासित भएर काम गर्नुस् यसले तपाईले पैसा मात्र कमाउने होइन, ज्ञान पनि सिक्नुहुन्छ तपाईले त्यसरी सिकेको ज्ञानलाई नेपालमा प्रयोग गरेर हामी देशलाई नै टेवा पुर्याउने काम गर्न सक्छौं

(युएई कतारमा लामो समयसम्म हाइपर मार्केटमा व्यवस्थापकसम्मको अनुभव संगालेर नेपाल फर्केका निर्वाचन राई हाल महानगर सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत छन् । बैदेशिक रोजगारका क्रममा विदेशमा रहेका ३६ जना नेपालीले सामुहिक लगानी गरेर खोलेको महानगरको शाखा विस्तार भइरहेको राईसँग गरिएको कुराकानी हरेक शनिवार प्रशारण हुने रेडियो कार्यक्रम सुनौलो मौकामा पनि प्रशारण गरिएको प्रकाशित मिति २०७५ बैशाख २८)

यो पनि पढ्नुहोस् विदेशको राम्रै जागिर छोडेर स्वदेश फर्केर स्वरोजगार  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: