बैदेशिक रोजगारको छात्रबृत्ति पुग्यो जिल्लामा, लिनेको अत्तोपत्तो छैन

 

अम्विका दाहाल, खोटाङ, बैशाख २७-

बैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका छोराछोरीको नाममा राज्यले उपलव्ध गराउने छात्रवृत्ति स्वरुप भन्दै तीनजनाको नाममा जिल्लामा आइपुगेको रकम महिनौ वितिसक्दा पनि अलपत्र भएको सो छात्रबृत्ति रकम लिन कोहि नआएपछि छात्रवृत्तिका लागि उल्लेख गरिएको विद्यालय नै जिल्लामा नभेटिएपछि रकम अलपत्र परेको हो

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत असोज गतेको मितिमा पठाएको पत्र अनुसार खोटाङको चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कूलमा अध्ययनरत भन्दै तीनजना बालबालिकाका लागि जनही हजारका दरले २४ हजार रकम पठाइएको तर सो नामको विद्यालय जिल्लामा नै नभेटिएको भन्दै रकम हालसम्म जिल्ला शिक्षा कार्यालयको खातामा नै रहेको

पत्र अनुसार सो रकम कक्षा मा अध्ययनरत कुमार बस्नेत, कक्षा मा अध्ययनरत हरि बहादुर बस्नेत तथा कक्षा मा अध्ययनरत सिरता बस्नेतको नाममा पठाइएको जिल्ला शिक्षा कार्यालयले सो रकम केन्द्रमा नै फिर्ता पठाइदिने तयारी गरेको

यसैबीच बैदेशिक रोजगारका क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अंगभंग भएका व्यक्तिका सन्तानलाई उपलव्ध गराइने छात्रबृत्तिका बारेमा विद्यालयका प्रधानाध्यापकहरु नै अलमलमा देखिएका छन्

केन्द्रबाट प्रवद्र्धन बोर्ड मार्फत आएको रकम जिल्ला शिक्षा कार्यालयले बिद्यालयहरुको खातामा हालिदिए पनि बिद्यालयका प्रधानाध्यापकहरुलाई सो रकम किन आएको हो कसलाई दिने भन्ने जानकारीको अभाव देखिएको हो

केहि बिद्यार्थीले सुचनाकेन्द्र मार्फत छात्रबृत्तिको रकम आएको थाहा पाएर लिए पनि केहिले भने हालसम्म पनि अघिल्लो वर्षको छात्रबृत्ति लिएका छैनन अघिल्लो वर्ष खोटाङमा २२ जनाको छात्रबृत्ति स्वरुप वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले जिल्ला शिक्षा कार्यालयमा  लाख ८४ हजार रकम पठाइदिएको थियो जिल्ला शिक्षा कार्यालय, खोटाङले भनें श्रोत ब्यक्तीहरु मार्फत खबर पठाइएको जनाएको

यो पनि पढ्नुहोस् विदेश बस्नेहरुले  नेपालका ससाना कुराहरु सम्झिरहेको पाउँछुः नायिका अधिकारी

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय