विदेश बस्नेहरुले  नेपालका ससाना कुराहरु सम्झिरहेको पाउँछुः नायिका अधिकारी

 

काठमाडौं, बैशाख २७- 

केकी अधिकारीको पछिल्लो चलचित्र कोहलपुर एक्सप्रेस अहिले हलमा चलिरहेको नायिकाका रुपमा काम गरिरहेकी केकीले यस चलचित्रबाट निर्माणको काममा पनि हात हालेकी छिन् उनै नायिका केकीसँग गरिएको कुराकानी ।    

कोहलपुर एक्सप्रेसको प्रतिकृया कस्तो ? 

– प्रतिकृया एकदमै सकारात्मक पहिलो कुरा के भनौं भनें महिलालाई केन्द्रमा राखेर बनाएको चलचित्रले खास राम्रो गर्न सक्दैन भन्ने जुन गलत बुझाई थियो, त्यो चाहिं हामीले नआँटेर रहेछ भन्ने मेरो सिकाई हामीले राम्रोसँग मार्केटिङ गर्न सक्यौं भनें त्यो गर्न सम्भव भन्ने बुझाई भयो यो मेरो पहिलो प्रयास थियो त्यसैले यसमा धेरै कमि कमजोरी छन् अव तिनिहरुलाई आगामी चलचित्रमा सुधार्दै लैजाने प्रतिवद्धता मैले आफैंसँग लिएको छु ।  

तपाईको यात्रा स्वरबाट सुरु भएर अहिले कोहलपुर एक्प्रेसमा आइपुगेको कोहलपुर एक्सप्रेसमा तपाई फिल्म निर्माणमा पनि आउनुभयो जुन तपाईको टर्निङ प्वइन्ट पनि हो कस्तो अनुभव भयो 

– पूरै नयाँ अनुभव रह्यो नयाँ ग्रहमा गएर नयाँ मान्छेहरुसँग काम गरेजस्तै अनुभव मैले आफैंले नै रोजेर लिएको जिम्मेवारी भएका कारण मैले त्यसलाई सहर्ष स्वीकार गरें बीचमा केहि समस्याहरु आए तर यसले मलाई परिपक्व बनाएको भन्ने लागेको ।  

तपाई युवाले रुचाएको नायिका हुनुहुन्छ अहिलेसम्मको फिल्मी करियरलाई  फर्केर हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ 

– छैन असन्तोषि मान्छे नैै हो जति गर्न सक्थें, त्यति गर्न सकिन भनेजस्तो नै लाग्छ मेरो काम मनपराइदिनेहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु तर मेरो कामको सन्दर्भमा मलाई आफैंलाई पनि अझ राम्रो गर्न सकिन्थ्यो भनेजस्तो लाग्छ ।  

तपाईको पारिवारिक ‘व्याकग्राउण्ड’ पनि फिल्मी नै अभिनयबाट अहिले फिल्म निर्माणसम्म आइपुग्नु भएको अव निर्देशनतिर पनि जान्छु भन्ने की छैन 

– बाबाको करियरसँग मैले तुलना नै गर्न सक्दिन सुरुवाती दिनदेखि उहाँले गरेको संघर्षको कुरा ठूलो उहाँको ४० बर्ष यहि क्षेत्रमा वितिसक्यो बाबाले यस क्षेत्रमा गर्नुपरेको संघर्षको कथा सुनेर नै मलाई फिल्मी क्षेत्रमा लाग्न प्रेरित गरेको हो यहाँको सपना जोडिएको यसमा त्यो सपना कहिले देखि मेरो पनि सपना बन्यो त्यो चाहि मलाई थाहा छैन फिल्म बनाउने मेरो मात्र सपना होइन, यो मेरो बाबाको सपना पनि जोडिएको निर्देशनमा एकदिन लाग्नु तर  मेरो अध्ययन पुगेको छैन धेरै अध्ययन गर्न बाँकी अहिले भनें मैले आफूलाई निर्मात्रीको रुपमा आफूलाई उभ्याएँ ।  

अरुले बनाइदिएको प्लेटफर्ममा गएर उभ्भिएर अभिनय गर्न सजिलो तर त्यो प्लेटफर्म आफैंले सिर्जना गर्न सजिलो छैन परिवर्तन खोज्छु त्यसलाई स्वीकार गर्छु मलाई परिवर्तन सुन्दर लाग्छ त्यहि अनुरुप मेरो एउटा सिंढि अगाडी बढेको हो तर निर्देशन भनेको धेरै कुरा जान्न जरुरी जसका लागि मेरो अध्ययन अझै पुगेको छैन ।  

तपाई नाम पनि कमाउँदै हुनुहुन्छ दाम पनि परिवारको खर्च व्यवस्थापनमा तपाईको भूमिका हुन्छ की हुन्न 

– हुन्छ हुनुपनि पर्दछ त्यसो भएपछि मान्छे अझ धेरै जिम्मेवार हुन्छ यो हामीजस्ताका लागि अवसर पनि हो की परिवारलाई आवश्यक परेको ठाउँमा हिस्सेदारी गर्न सकियोस् ।  

अहिले तपाई स्वदेशमा नै काम गर्नुहुन्छ तर अहिले धेरै युवा बाहिर जान्छन्, जाने सपना देख्छन् तपाईलाई त्यस्तो कुनै समयमा लागेको थियो की थिएन 

– थियो एउटा समयमा सवैलाई त्यस्तो हुन्छ हामी जुन आर्थिक, सामाजिक परिवेशमा हुर्केका हुन्छौं, कता कता सामाजिक दवाव हामी जसरी हुर्किएका हुन्छौं, त्यसले एकपटक त्यस्तो भावना आउँछ प्लस टु सक्ने वित्तिकै मलाई पनि त्यस्तो भएको थियो पढेर स्वदेश फर्किन्छु भन्ने लाग्थ्यो तर कतै उतै फस्ने होइन भन्ने चाहिं लाग्थ्यो ।  

कसरी फर्किनु भयो त्यसबाट 

– पहिलो कुरा मेरो भिषा लागेन (लामो हाँसों) सायद त्यो मेरा लागि अवसर थियो स्वदेशमा नै केहि गर्नका लागि प्लस टु गर्दा गर्दै मिडियामा लागिसकेको थिएँ, केहि म्यूजिक भिडियोहरुमा काम गर्न थालिसकेको थिएँ मान्छेले मेरो प्रशंसा गर्न थालेको थिए जसले मलाई लोभ जगाइसकेको थियो त्यसमा फसिसकेको थिएँ ।  

धेरै मान्छे भिषा नलागेपछि सवैकुरा सकियो भनेजस्तो गर्छन् नी हैन 

– त्यसो गर्नुहुन्न एउटा ढोका बन्द भयो भनें अर्को ढोका खुल्ला हुन्छ हामीले त्यो ढोका खोल्न ध्यान दिनुपर्छ त्यसका लागि आफैंले प्रयास गर्नुपर्छ हामीले ढोका बन्द भयो भन्ने मात्र सोच्छौं ।  

कार्यक्रमहरुमा विदेश पुग्दा त्यहाँ नेपाली भेट्दा कस्तो अनुभव हुन्छ 

– त्यसरी भेट हुँदा उहाँहरुले हामी स्वदेशमा नै बसेर काम गरिरहेकाहरुलाई जुन सम्मान दिनुहुन्छ त्यो एकदमैै खुशी लाग्छ कहिले परिस्थीतिले, कहिले रहरले विभिन्न कारणले मान्छे विदेश पुग्छ नेपालमै बस्न पाएको भए हुन्थ्यो भनेजस्तो हुन्छ उहाँहरुलाई नेपाल, नेपाली समाज, परिवारलाई उहाँहरु सम्झिरहनु हुन्छ ।  

हिजोआज स्वदेशमा काम गर्ने मान्छे छैनन अर्कातिर  युवाहरु चाहिं नेपालमा रोजगारी छैन भन्छन् तपाईलार्ई कस्तो लाग्छ ? कहाँ खाडल  

– मलाई विकाशोन्मुख देशमा धेरै अवसर भन्ने लाग्छ, विकाशित देशको तुलनामा नेपालमा नै गर्न सकिने प्रसस्त ठाउँ , त्यसलाई चिन्न सक्नुपर्छ आफूलाई अनुकुल हुने क्षेत्र रोज्नु पर्दछ आफूमा जोश जाँगर, उर्जा मरेको छैन भनें नेपालमा धेरै नै अवसर खुशी सवैभन्दा ठूलो कुरा हो तपाई अरु कसैको काम गरेर बस्न सक्नुहुन्छ अथवा आफैं अरुलाई रोजगारी दिनेगरी काम गर्न सक्नुहुन्छ ।  

कोहलपुर एक्सप्रेस चलिरहेको के भन्नुहुन्छ 

– मलाई यो चलचित्रको निर्माणमा हात हाल्दा धेरै छिटो भयो पनि भन्नुभएको थियो आफैंले काम पाइरहेको समयमा यो गरिरहन जरुरी थिएन भन्नेहरु पनि हुनुहुन्थ्यो तर मलाई लाग्छ, उर्जा भएको समय नै उपयुक्त समय हो आफैं केहि गर्नका लागि मैलें आँटे धेरैजनाले सहयोग गर्नुभएको आफैंले केहि नयाँ गरिरहेका युवा छन्, उनीहरुले मलाई धेरै सहयोग पाइरहेको छु तपाईको नजिकैको सिनेमा हलमा कोहलपुर एक्सप्रेस चलिरहेको , हेर्नुहोला तपाईलाई लागेको प्रतिकृया दिनुहोला तपाईको जस्तोसुकै प्रतिकृया पनि मेरालागि स्वीकार्य हुनेछ ।  

(नायिका केकी अधिकारीसँगको कुराकानीको संक्षिप्त अंश गत शनिवार देशका २३ वटा रेडियो स्टेशनहरुबाट प्रशारित कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको  

यो पनि पढ्नुहोस् विदेशबाट स्वदेश फर्कौ, आफ्नै देश बनाउन जुटौः धुर्मुस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय